देश
काठमाडौं । वैदेशिक रोजगारीका लागि पानामा पठाउँछु भन्दै ठगी गरी फरार भएको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा टोखा नगरपालिका–१० बस्ने उदयपुर घर भएका ३४ वर्षीय गणेश राउत भन्ने लोकबहादुर राउत छन् ।
राउतले वैदेशिक रोजगारीको सम्पूर्ण मापदण्ड पूरा गरी पानामा पठाउँछु भनेर नक्कली ई–भिसा समेत बनाई पीडितबाट पटक पटक गरी १८ लाख ३५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले सामाखुसीबाट उनलाई पक्राउ गरेको हो ।
उनलाई वैदेशिक रोजगार सम्बन्धी ठगी कसूरमा कारवाहीको लागि बैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको ब्यूरोले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २९, २०७८ १२:४६
प्रतिक्रिया दिनुहोस्