काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्स प्राप्तिपछि एकीकृत कारोबार सुरु गरेको छ । नबिल बैंक तथा युनाइटेड फाइनान्स अध्यक्ष उपेन्द्र पौड्याल र बसन्त कुमार चौधरीले एकीकृत कारोबारको सुभारम्भ गरे ।
पौड्यालले नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए । "यो प्राप्तीले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने छ,” उनले भने ।
युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड पुग्नेछ भने कुल पुँजीकोष ३२ अर्ब ६८ करोड हुनेछ । यस्तै बैंकको शाखा सञ्जाल १३५ भएको छ ।
निक्षेप २१६ अर्ब हुनेछ भने कर्जा २०१ अर्ब हुने बैंकले जनाएको छ