site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कुन प्रदेशमा कति कोरोना संक्रमितको मृत्यु ?

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ९ हजार ३६२ जनाको मृत्यु भइसकेको छ । संक्रमणको पहिलो र दोस्रो लहरमा सातवटै प्रदेशमा गरी ९ हजार ३६२ कोरोना संक्रमितको मृत्यु भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै वाग्मती प्रदेशमा ४ हजार ९ संक्रमितको मृत्यु भएको छ ।

प्रदेश १ मा १ हजार २५४ जनाको मृत्यु भएको छ भने प्रदेश २ मा ७३३ संक्रमितले ज्यान गुमाएका छन् । 

गण्डकी प्रदेशमा ९६० कोरोना संक्रमितको ज्यान गएको छ भने लुम्बिनी प्रदेशमा कोरोनाका कारण १ हजार ५६१ को मृत्यु भइसकेको छ । 

सबैधन्दा कम कर्णाली प्रदेशमा ४०४ संक्रमितको मृत्यु भएको छ भने सुदूरपश्चिम प्रदेशमा ४४१ कोरोना संक्रमितले ज्यान गुमाएको तथ्यांक छ ।  

हाल नेपालमा १५५ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार अहिले ५४३ संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । 

मन्त्रालयका अनुसार प्रदेश १ मा ३३, प्रदेश २ मा १, वाग्मती प्रदेशमा सबैभन्दा धेरै ९७ कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । गण्डकीमा ११, लुम्बिनीमा ८, कर्णालीमा २ र सुदूरपश्चिममा ३ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ । 

आईसीयूमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा ३२५ कोरोना संक्रमितले उपचार गराइरहेका छन् । प्रदेश १ मा १०२, प्रदेश २ मा ४, गण्डकी प्रदेशमा ५३, लुम्बिनीमा ४३, कर्णालीमा ११ र सुदूरपश्चिम प्रदेशमा ५ संक्रमितले आईसीयूमा उपचार गराइरहेका छन् । 

हाल संस्थागत आसोलेसनमा २ हजार ९५० संक्रमित छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, असार २७, २०७८  ०६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro