काठमाडौं । कोभिड–१९ का कारण हाल नेपालमा रहेका विदेशमा अध्ययनरत चिकित्सा शिक्षाका विद्यार्थीले अब नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन् ।
चिकित्सा शिक्षा आयोगले विदेशमा अध्ययन गरेका विद्यार्थीलाई यसपटक नेपालमै इन्टर्नसिपको व्यवस्था गर्ने निर्णय गरेको छ । आयोगले आज सूचना जारी गर्दै स्वदेशमै इन्टर्नसिप पूरा गर्न चाहने विद्यार्थीले आउँदो साउन ४ गतेसम्म अनलाइन आवेदन दिन सक्ने जनाएको छ ।
आवेदन दिन इच्छुक विद्यार्थीले स्नातक तहको पढाइ पूरा भएको पत्र वा अन्तिम परीक्षा उत्र्तीण भएको प्रमाणपत्र, आफू अध्ययनरत कलेज, विश्वविद्यालयमा गरेको इन्टर्नसिपको अवधि खुल्ने विवरण र इन्टर्नसिप गर्न चाहेको अस्पतालको स्वीकृति वा अनुमतिपत्रसमेत समावेश गर्नुपर्ने आयोगले सूचनामा उल्लेख छ ।