site stats
बाह्रखरी :: Baahrakhari
देश
दाउन्नेमा भासिएको सडक एकतर्फी खुलाइयो

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको दाउन्नेमा भासिएको सडक एकतर्फी खुलाइएको छ ।

सडक मर्मत गरेर मंगलबार बिहान ९ः०० बजेदेखि यातायात एकतर्फी सञ्चालन गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । सडक मर्मतलाई निन्तरता दिई आज नै दुईतर्फी सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सडक अवरुद्ध भएर यात्री अलपत्र परेपछि गए राति ११ः०० बजेदेखि नै बाटो मर्मतको काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताए ।

सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका सम्पूर्ण टोली उक्त स्थानमा पुगेर मर्मत सुरु गरेका जनाइएको छ ।

अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४, खुर्सानी खोलास्थित दाउन्ने जंगलमा पूर्वपश्चिम मुख्य राजमार्ग नै भासिएको छ । सोमबार साँझ सडक भासिएपछि उक्त बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो । रासस

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्