site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विशेष
Global Ime bankGlobal Ime bank
काठमाडौंमा हट्यो जोर–बिजोर प्रणाली, पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्न पाइने
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सार्वजनिक तथा निजी सवारी साधनमा लगाइँदै आएको जोर–बिजोर प्रणाली हटेको छ । आजदेखि जोर–बिजोर प्रणाली हटाइएको हो । कोरोना संक्रमण कम हुँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइक्रो, टेम्पोलगायत साना सवारी साधन पनि सञ्चालन गर्न दिएको छ । 

सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो । स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने छ । यातायात व्यवसायीको माग र चर्को दबाबपछि जोर–बिजोर प्रणाली हटाइएको हो भने साना सवारी सधान पनि सञ्चालन गर्न दिइएको हो । 

Dabur Nepal
NIC Asia

काठमाडौं उपत्यका बाहिरबाट आउने सवारी साधनले भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ । 

पूर्वनिर्धारित परीक्षाहरू सञ्चालन गर्न पाइनेछ । तर, परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राख्नुपर्नेछ । विद्यालयहरू खोल्न भने पाइने छैन । सभा तथा सम्मेलन गर्न रोक लगाइएको छ । क्लब, सिनेमा हल खोल्न पाइने छैन ।

२५ जनाभन्दा बढी उपस्थित हुन तथा कुनै पनि कार्यक्रम गर्न पाइने छैन । 

औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा संचालन गर्न पाइने छ । तर अन्य पसल तथा  व्यवसायहरु साँझ ६ बजेसम्म मात्रै संचालन गर्न पाइने । पसल तथा व्यवसाय संचालन गर्दा कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने छ । अनिवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ । यदि तोके बमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल तथा व्यवसाय तत्काल बन्द गरिने बताइएको छ । 

अत्यावश्यक वस्तुहरुको अनलाइन अर्डर, रेष्टुरेण्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यका भित्र साँझ ७ बजेसम्म संचालन गर्न पाइने छ । 


NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  ०८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro