मुम्बई । केही समयदेखि फिल्म निर्माता करण जोहर र उनको धर्म प्रोडक्सनले साउथ सुपरस्टार विजय देवेरेकोन्डाको बलिउड डेब्यु चलचित्र डिजिटल प्लेटफर्ममा प्रिमियर गर्न मुख्य डिजिटल प्लेटफर्महरुसँग कुराकानी गरिरहेको खबर आएको थियो ।
तर, बलिउड हंगामाले यो खबर गलत भएको उल्लेख गरेको छ । हंगामाले लेखेको छ, “विजयको डेब्यु डिजिटल जाने कुनै कुरै छैन । करण जौहरले तेलुगु स्टारलाई उनको बलिउड डेब्यु (लिगर) दर्शनीय भन्दा कम नहुने वाचा दिएको छ । यो अक्षयको सौर्यवंशीको रिलिज हुने स्तरमा नै हलमा रिलिज हुने छ ।”
यति भनिरहँदा करण जौहर डिजिटल रिलिजको विरोधी पनि नभएको उनले बताएका छन् । चलचित्र लिगरमा विजय पूर्ण रुपमा एक एक्सन स्टारको रुपमा देखापर्ने छन् । चलचित्रमा उनले मिक्स मार्शल आर्टिस्टको भूमिकामा आफ्नो परिवारमाथि भएको गलत कामको बदलाका लागि लड्ने छन् ।