काठमाडौं । काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थपिने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक अहिले जारी रहेको छ ।
जिल्ला प्रशासन कार्यालय ललिपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सार्वजनिक सवारी साधनमा जोरबिजोर लागु गर्नेबारे छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘‘२० सिट क्षमताभन्दा बढि क्षमता भएका सवारीमा जोर बिजोर लागुु गरिनेबारे छलफल भइरहेको छ । निर्णयको टुंगो लागिसकेको छैन् । छलफल लम्बिने भएकाले आजलाई बैठक थाति राख्ने कि भन्ने छ । आज बैठक स्थगित भए भोलि १० बजेसम्म निर्णय निकालिनेछ ।”
सार्वजनिक सवारी सञ्चालन गर्दा हुने भिडभाड क्षेत्र र अन्य भिडभाड हुने क्षेत्र कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भइरहेको प्रजिअ निरौलाको भनाइ छ ।