site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेसका मुख्यमन्त्री २५१ सदस्य प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अयोध्या प्रस्थान

जनकपुरधाम । यही मंसिर २१ गते जनकपुरधाममा आयोजना हुने जानकी विवाह महोत्सवका सन्दर्भमा मधेस प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंह नेतृत्वको २५१ सदस्य प्रतिनिधिमण्डल  उत्तर प्रदेशको अयोध्यास्थित श्रीराम मन्दिरका पदाधिकारीलाई आमन्त्रण गर्न शनिबार त्यसतर्फ प्रस्थान गरेको छ ।

प्रतिनिधिमण्डलमा विश्व हिन्दु परिषद् नेपाल,     जनकपुरका प्रमुख मजोजकुमार साह, जनकपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरेन्द्र भण्डारी, जानकी मन्दिरका उत्तराधिकारी रामरोशनदास वैष्णवलगायत नागरिक समाजका प्रतिनिधि सहभागी छन् ।

प्रतिनिधिमण्डल आइतबार राति अयोध्या पुग्ने र उक्त मन्दिरका पदाधिकारीलाई आमन्त्रण गर्ने परिषद्का अध्यक्ष सन्तोष साहले बताए । सोमबार अयोध्यास्थित राम मन्दिरमा तिलकोत्सवको आयोजना गरिनेछ ।

परम्परागत रूपमा आयोजना गरिँदै आएको जानकी विवाह उत्सवमा सहभागी हुन प्रतीकात्मक रूपमा भगवान् श्रीरामका साथै चारै दाजुभाइ र तीन रानीका निम्ति लत्ताकपडा, गरगहनासँगै माखन, दहीचिउरा, फलफूल, पकवान–मिष्टान्न सौगातस्वरूप राम मन्दिरका पदाधिकारीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro