site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भक्तपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, पाँचजना घाइते
प्रतीकात्मक तस्बिर ।

भक्तपुर । भक्तपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते छन् ।

ट्रयाक्टरमा सवार चाँगुनारायण नगरपालिका–५ निवासी ४५ वर्षीय हरिगोविन्द सुवालको उपचारका क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

चाँगुनारायणबाट भक्तपुरको डेकोचातर्फ आउँदै गरेको ना२त ९३४० नम्बरको ट्रयाक्टर अनियन्त्रण भएर सडकबाट तल पल्टिएको थियो ।

दुर्घटनामा घाइते भएका ट्रयाक्टरमा सवार चाँगुनारायण–५ निवासी ३५ वर्षीया राधिका अवाल, ६० वर्षीय गोपाल कोजु, ४४ वर्षीय राधेश्याम सितिखु र ७४ वर्षीय पूर्णकेसी शिल्पकार भक्तपुर अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका उनले जानकारी दिए ।

चालक भक्तपुर नगरपालिका–२, व्यासीका ४८ वर्षीय गणेश सुवालको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको उनले बताए । रासस
 

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro