site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लाजिम्पाटमा रड प्रहार घटना : झापाबाट थप एकजना पक्राउ

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा नुवाकोटका जग्गा व्यवसायी विक्रम लामामाथि अन्धाधुन्ध रड प्रहार गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एकजनालई पक्राउ गरेको छ । गोरखाका २९ वर्षीय निश्चल सुनुवारलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । शनिबार सुनुवारलाई झापाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा गएको कात्तिक ११ गते जग्गा व्यवसायी लामामाथि अन्धाधुन्ध रड प्रहार गरिएको सीसीटीभी फुटेजमा देखिएको थियो ।

रड प्रहारबाट घाइते लामाको उपचार जारी छ । चक्रपथस्थित ग्रीन सिटी अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि नुवाकोटकै मार्सल तामाङलाई पक्राउ गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro