site stats
बाह्रखरी :: Baahrakhari
देश
रुकुममा बस दुर्घटना हुँदा नौजना घाइते

रुकुम पश्चिम । काठमाडौंबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, रिठामा दुर्घटना हुँदा नौजना घाइते भएका छन् ।

प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस शनिबार भेरी करिडोरअन्तर्गत रिठानजिकै दुर्घटना हुँदा धादिङका ३१ वर्षीय चालक खड्कबहादुर तामाङ, धादिङकै २८ वर्षीय भीमबहादुर भुलन, रुकुम पश्चिमको आठबिसकोट–९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखाको भीमेश्वर नगरपालिका–७ का २६ वर्षीय प्रकाश मगराठी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

Argakhachi Cement Island Ad

अन्य घाइतेमा आठबिसकोट–११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोटको नलगाड नगरपालिका–८ का ४५ वर्षीया भीमकुमारी चँदारा, उनको १० वर्षीय छोरा मानबहादुर चँदारा, मोरङको खेरुवा नगरपालिका–५ का २८ वर्षीय आकाश काफ्ने र जाजरकोटको नलगाड–१२ की २५ वर्षीया किसङकुमारी विक रहेका छन् ।

घाइते सबैको हाल नगर अस्पताल राडीमा उपचार भइरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए । बस अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । रासस

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्