काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू र प्रधानमन्त्री केपी शर्मा ओली उस्तै–उस्तै नभएको बताएका छन् ।
आज सम्पादकाहरूसँगको छलफलमा उनले सहजै प्रधानमन्त्री छोड्न आफू र जसरी पनि प्रधानमन्त्री बन्ने ओली उस्तै हुन् त भन्दै प्रश्न गरे ।
उनले आफूहरूभन्दा राम्रा नेता आए छोड्न तयार रहेको पनि बताए ।
प्रचण्डले एमालेका नेता र ओली एउटै पार्टीको भएकाले माधव नेपालले गरेको संघर्ष पेचिलो भएको पनि बताए ।
नेता नेपाललाई परेको अफ्ठ्यारोमा साथ दिने पनि उनले बताए । त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सामूहिक ढङ्गबाट सहयोग गर्ने बताए । विपक्षी गठबन्धन प्रधानमन्त्रीलाई हटाउनका लागि मात्रै नभएको उनको भनाइ छ ।
उनले संविधान बनाउने र भत्काउने पात्र उस्तै नभएको पनि बताए ।