site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विशेष
Global Ime bankGlobal Ime bank
चितवनमा खुकुलो गर्दै एक साता थपियो निषेधाज्ञा
SkywellSkywell

चितवन । चितवनमा खुकुलो गर्दै एक साताको लागि निषेधाज्ञा थप गरिएको छ ।

आज जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै यही असार १७ गतेसम्म निषेधाज्ञा थप गरिएको हो । यसअघि थप गरिएको निषेधाज्ञा भोलि सकिँदै छ ।

Dabur Nepal
NIC Asia

जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको र यसको न्यूनीकरण र रोकथामका लागि निषेधाज्ञा थप गरिएको जारी आदेशमा जनाइएको छ । अघिल्ला निषेधाज्ञाभन्दा थप गरिएको निषेधाज्ञा केही खुकुलो गरिएको छ ।

अधिकांश व्यापार–व्यवसाय स्वास्थ्य मापदण्ड पालना गर्दै दैनिक मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ । यस्तै, मालपोत, नापी, यातायात व्यवस्था कार्यालयलगायत सरकारी कार्यालयहरुमा न्यूनतम कर्मचारी राखेर स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

निजी सवारी–साधन जोर–बिजोर प्रणालीमा ५० प्रतिशत यात्रु क्षमतामा चलाउन पाइनेछ । सार्वजनिक सवारी–साधनमा लगाइएको रोक भने खुलाइएको छैन ।

दोस्रो लहरमा जारी निषेधाज्ञा योसमेत गरी सातौँपटक थपिएको हो । गएको वैशाख १६ गतेदेखि चितवनमा निषेधाज्ञा जारी गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro