विशेष
काठमाडौं । रुपा सुनारलाई दलित भएको भन्दै कोठा दिन अस्वीकार गरेको आरोपमा पक्राउ परेकी घरधनीलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको रोहबरमा छाडिएको छ ।
रुपालाई कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको थियो । रुपाले दलित भएकै कारण कोठा नदिइको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।
पक्राउ परेकी घरधनीलाई छुटाउन बुधबार शिक्षामन्त्री श्रेष्ठ आफैँ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए ।
बुधबारै ती घरधनी रिहाइको माग गर्दै बबरमहलस्थित सरकारी वकिलको कार्यालयअगाडिको सडकमा प्रदर्शन गरिएको थियो ।
प्रदर्शनको थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: बुधबार, असार ९, २०७८ १२:५७
प्रतिक्रिया दिनुहोस्