site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘साथ दिने आँसु थियो, त्यो पनि सुक्यो आँखैमा’ (भिडियोकथा)
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

किउल  (सिन्धुपाल्चोक) । परिवारको सुखको खोजी गर्दै दुई वर्षअघि मीना थापामगर वैदेशिक रोजगारीमा पुगेकी थिइन् । अर्काको भूमिमा श्रम–सीप खन्याइन् । त्यसबापत उनले केही रुपैयाँ पनि कमाइन् ।

घरमा आफ्ना सन्तान र श्रीमान्लाई छाडेर गएकी उनले धेरै वर्ष पराया भूमिमा बिताउन उचित ठानिनन् । वैदेशिक रोजगारीबाट फर्किएपछि घर बनाइन् र त्यहीँ पसल थापिन् ।

जीवनमा दुःखबाहेक अरूसँग परिचय नपाएकी उनको जिन्दगीमा खुसी भित्रँदै थियो । सिन्धुलाल्चोकको हेलम्बु गाउँपालिका–१, चिउरीखर्ककी मीना भन्छिन्, “जसोतसो सुखै भएको थियो । यस्तो अर्काको ठाउँमा गएर दुःख गर्न कहाँ सजिलो थियो र !”

KFC Island Ad
Dabur Nepal
NIC Asia

चिउरीखर्कवासीसँग आफ्नै नाममा एक टुक्रा पनि जमिन छैन । साहुको जग्गामा अधियाँ कमाउने हुन् उनीहरू ।

वैदेशिक रोजगारीबाट फर्किएपछि मीनाको जीवनमा भने कायाकल्प भयो । व्यापार राम्रै चलेकाले झन्डै ३० लाखजतिको सम्पत्ति पनि जोडिन् ।

Royal Enfield Island Ad

तर, असार १ र त्यसपछि हेलम्बु नदीमा आएको विनाशकारी बाढीले उनको खुसी अनायास निभाइदियो । उनको सपनाको संसार पलभरमै उराठ र उच्चाटिलो बगरमा परिणत भयो ।

यति बेला उनको परिवारको बास त्रिपालमुनि छ । बाह्रखरीकर्मीसँग कुरा गर्दा मीनाले आफूलाई  सम्हाल्न सकिनन् । मीना भन्छिन्, “एकैपलमा सबै सकियो । सुख हुन्छ कि भनेर दुई वर्ष विदेश पनि गएँ । त्यही पैसाले अलि–अलि सामान जोडेको थिएँ । ३०/३५ लाखको थियो । त्यो पनि गयो ।”

मेलम्चीको बाढीअघि मीना आफ्नो पसलमा छोरीसँग ।

उनलाई आफ्नोभन्दा पनि परिवारको पीर छ । मीना भन्छिन्, “हाम्रो त आधी उमेर गयो । तर, बालबच्चाको हालत के होला ? पत्रकारहरुले सहयोग गरिदिनुहोस् । बाँच्नु न मर्नु भएको छ । अर्काको ठाउँमा गएर दुःख गर्न सजिलो थिएन । तर, अहिले पकाएर खानेसम्म भाडा छैन । अब बालबच्चको के हालत हुन्छ होला । घर बनाएर बस्नेसम्म ठाउँ छैन ।”

असार १ र ३ गते आएको विनाशकारी बाढीले तिम्बु–किउल जोड्ने सडकखण्ड आसपासका २० घर बगरमा परिणत भए ।

०७२ सालमा आएको विनाशकारी भूकम्पले उनीहरू विस्थापित भएर चिउरीखर्कमा पुनःस्थापित भएका थिए । तर, बाढीले उनीहरूको घरखेत, जायजेथा लगेपछि उनीहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।

आफ्नै घरमा सुखसँग बाँचिरहेका उनीहरू राहत कहिले आउला भनेर बाटो कुरिरहेका छन् ।

मीनामात्रै होइन, सुनीता थापामगरको घर पनि हेलम्बु बाढीले बगाएको छ । घरको अवशेषका रूपमा जग बाँकी छ । आफ्नो घर सम्झिँदै उनी भक्कानिन्छिन्, “साँझ हेलम्बु नदी गड्गडाउँदै आयो । घरभन्दा ठूला ढुंगा बगेर आउन थाले । हामी सुरक्षित स्थानमा गयौँ । बिहान आउँदा त घर नै बाँकी थिएन ।”

मीना र सुनीताजस्तै २० जनाको घर बाढीमा परेको छ । घर पुरिएका हुन् वा बगेको यकिन हुनसकेको छैन ।

बाढीले बगाउनुअघिको चिउरीखर्क र ओढारे जोड्ने झोलुंगे पुल ।

चिउरीखर्क र ओढारेबीचबाट हेलम्बु/मेलम्ची नदी बग्ने गर्दछ । सोही स्थानमा झोलुंगे पुलसमेत थियो । मेलम्चीको बाढीले पुल बगाएपछि दुई गाउँको सम्पर्कसमेत टुटेको छ । पारिका मानिस के–कस्तो अवस्थामा छन्, ज्ञात हुनसकेको छैन ।

भिडियो हेर्नुहोस्

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro