विशेष
दाङ । दाङमा यही असार १५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मंगलबार घोराहीमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले असार १५ गते निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
बैठकले यसअघि हरेक दिन बिहान १० बजेसम्म खुल्ने पसलहरु अब दिउँसो २ बजेसम्म खुलाउने निर्णय गरेको छ । त्यसैगरी, सरकारी कार्यालय तथा बैंकहरु हरेक दिन बिहान १० देखि दिउँसो ३ बजेसम्म खुला गर्ने निर्णय गरेको छ ।
हाल जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या २५६ छ । जिल्लामा वैशाखयता सात हजार ७२० जनामा कोरोना पुष्टि भएकोमा सात हजार २६६ जना संक्रमणमुक्त भएका छन् । जिल्लामा वैशाखदेखि हालसम्म कोरोनाभाइरसका कारण १९८ जनाको मृत्यु भएको तथ्यांक छ ।
प्रकाशित मिति: मंगलबार, असार ८, २०७८ १३:३१
प्रतिक्रिया दिनुहोस्