site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बच्चा सेनाले बचाइदिए, घरभित्रको सुन पनि निकाल्न पाएनौँ (भिडियोसहित) 
Sarbottam CementSarbottam Cement

हेलम्बु । असार १ गते साँझबाट मेलम्ची नदीमा आएको भीषण बाढीले हेलम्बु क्षेत्र तहसनहस पार्‍यो । 

मेलच्ची बजारसम्म आइपुग्दा धेरै जनधनको क्षति भयो । हेलम्बु गाउँपालिकामा २३ जना अझै बेपत्ता छन् । खोलाको बहाब घटबढ भइरहेको छ । अझै क्षति हुने सम्भावना छ । जोखिमयुक्त क्षेत्रका मानिसहरु सुरक्षित स्थानमा सर्ने क्रम जारी छ । 

हेलम्बु गाउँपालिका १ तिम्बुबाट मेलम्ची खानेपानीको मुहानतर्फ जाने बाटोमा रहेको सशस्त्र प्रहरी क्याम्प खोलामा मिसियो । 
सँगै रहेको आर्मी क्याम्पनजिकैका दुईवटा घर पनि बाढीले बगायो ।

Prabhu Bank
Agni Group
NIC Asia

घर बाढीमा मिसियो । स्थानीय आशाकुमारी गुरुङका परिवारका सदस्य भने बाँच्न सफल भए । तर, घरभित्रका सामान निकाल्न बाढीले दिएन । 

बाह्रखरीकर्मी त्यहाँ पुग्दा उनी खोलाले सामान पाखा लगायो कि भन्दै हेर्न आइपुगेकी रहिछन् । 

Global Ime bank

“खोला यसरी सर्छ भन्ने त सोच्न नि सकेनौं । मन थाम्नै सकिएन । अरुलाई पनि पीडा परेको होला । यतिबेला आफ्नै पीडा ठूलो हुँदो रहेछ । सामान पाखामा फाल्यो कि भनेर हिजो पनि आएका थियौँ,” उनले पीडा पोखिन्, “धेरै क्षति भयो । भन्न सक्दिन जिन्दगीभरको कमाइ गयो । मान्छेहरुका करोडौंको सम्पत्ति अर्थात् भएभरको कमाइ नै लग्यो । जिन्दगी निर्वाह गर्ने बाटो राखेन । के गरि गर्ने होला । सुनहरु पनि निकाल्न पाएनौं । एकसरो लुगामा निस्कियौं ।” 

उनका श्रीमान्ले काठ चिर्ने काम गर्छन् । उनले केही दिन अघि मात्रै काठ चिर्ने मेसिन किनेर ल्याएका थिए । 

उक्त मेसिन पनि बाढीमा मिसियो । आशाकुमारीका आँखा ओभाएका छैनन् । “बरु म मरेको भए केही सुुन्न पर्दैनथ्यो । केही सहन पर्दैनथ्यो । जस्तो भइसक्यो । हामी गरिबलाई धेरै क्षति पुर्‍यायो,” उनले कुराकानीका क्रममा भनिन् । 

उनका बालबच्चालाई नजिकै रहेका सेनाले बचाए । परिवारका सदस्य बाँच्न सकेकोमा पीडा कम हुने आधार भने बनेको छ ।

“आर्मी ब्यारेकको सरले काखमा च्याप्न सक्नुभएन । पाखुरामा च्यापेर लैजानुभयो,” उनले आफ्ना बच्चालाई गरेको उद्धारबारे सुनाइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC