site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मुक्ति प्रधानसहित माओवादी नेता किन पुगे निर्वाचन आयोग ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । माओवादी केन्द्रका नेताहरू निर्वाचन आयोग पुगेर स्थानीय तहका जनप्रतिनिधिहरूले दल त्याग गरेको सूचना प्रकाशित गर्न ध्यानाकर्षण गराएका छन् । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, राष्ट्रियसभाका दलका नेता दिनानाथ शर्मालगायत नेताहरू आयोग पुगेका थिए ।

“हामीले स्थानीय तहका माओवादी केन्द्रबाट जितेर पार्टी विरोधी गतिविधि गरेका, दल बदलेकाहरूलाई कारबाहीको पत्र निर्वाचन आयोगलाई बुझाएका थियौँ । तर, निर्वाचन आयोगले त्यसको अभिलेखीकरण गरेर सार्वजनिक गर्नुपर्थ्यो गरेन,” लिलामणि पोखरेलले बाह्रखरीसँग भने, “हामीले झण्डै १५, १६ जनालाई कारबाही गरेर निर्वाचन आयोगलाई पठाएका छौँ ।”

निर्वाचन आयोगले केन्द्रीय कमिटीले निर्णय गरेको पत्र प्राप्त नभएकाले कारबाही नभएको जवाफ दिएको पोखरेलको भनाइ थियो । “माओवादी केन्द्रको पार्टी कमिटीको बैठकले त्यो अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । त्यो पत्र, निर्णयको उतार त छ फेरि भन्यौँ । उहाँले हेरेर आवश्यक निर्णय लिन्छौँ भन्नुभएको छ,” उनले थप भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC