site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
किमले देशभर खाद्यवस्तुको चरम अभाव रहेको स्वीकारे 

बीबीसी । उत्तर कोरियाली राष्ट्रप्रमुख किम जोङ उनले पहिलोपटक आधिकारिक रूपमा देशभर खाद्यवस्तुको चरम अभाव रहेको स्वीकार गरेका छन् ।

वरिष्ठ नेताहरुसँगको बैठकलाई सम्बोधन गर्दै किमले ‘जनताका लागि आवश्यक खाद्य सामग्रीको स्थिति चिन्ताजनक बन्दै गएको’ उल्लेख गरेका हुन् । गत वर्षको आँधी, तुफान र देशव्यापी बाढीका कारण कृषि क्षेत्रले लक्ष्यानुरुप अन्न उत्पादन गर्न नसकेको उनले बताएका थिए ।

Dabur Nepal

रिपोर्टका अनुसार उत्तर कोरियामा यति बेला खाद्यवस्तुको भाउ अत्यधिक उचाइमा पुगेको छ, जहाँ एक किलो केराको मूल्य नै ४५ डलरसम्म अर्थात् नेपाली पाँच हजार रुपैयाँभन्दा धेरै रहेको एनके न्युजले जनाएको छ ।

कोभिड–१९ का कारण उत्तर कोरियाले आफ्ना सबै सिमानाहरु बन्द गरेको छ । यसैकारण चीनसँगको सम्पूर्ण व्यापार अवरुद्ध भएको छ । उत्तर कोरिया खाद्यवस्तु, कृषिजन्य मल, इन्धनलगायतमा चीनमै निर्भर रहँदै आएको छ । त्यसैले पनि दैनिक उपभोग्य वस्तुको अभाव समस्याजनक बन्दै गएको बताइएको छ ।

उता, आणविक गतिविधिका कारण उत्तर कोरियामाथि जारी अन्तर्राष्ट्रिय प्रतिबन्ध यथावत् नै छ ।

राजधानी प्योङयोङमा भएको उक्त बैठकमा किमले अमेरिका र दक्षिण कोरियासँगको सम्बन्धबारे पनि छलफल गर्ने भनिएको थियो । तर, यससम्बन्धी कुनै जानकारी बाहिर आएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro