site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सरकारलाई होटेल संघको ४ बुँदे ध्यानाकर्षण– श्रमिकको नयाँ तलब तत्काल कार्यान्वयन गर्न सकिँदैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । होटल संघ नेपालले होटेल उद्योगलाई बचाउन भन्दै सरकारलाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । संघकी अध्यक्ष सृजना राणा र प्रथम उपाध्यक्ष विनायक शाहले बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमलप्रसाद श्रीवास्तवलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । 

मन्त्रीलाई बधाई दिँदै अध्यक्ष राणाले कोभिड–१९ को पर्यटन क्षेत्र त्यसमा पनि होटेल व्यवसाय थला परेको बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

होटल उद्योगको वर्तमान अवस्थालाई मध्येनजर गर्दै यो समयमा तलबमान वृद्धि नगर्ने विषयमा सहमत भएको भन्दै नेपाल राजपत्रमा प्रकाशित श्रमिकहरूको नयाँ तलबमान होेटल क्षेत्रमा तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था नभएकोले लागु नगर्न संघले माग गरेको छ । “तोकिएको तलबमान समेत भुक्तान गर्न नसकिएको यो समयमा होटल संघ नेपाल र आधिकारिक ट्रेड युनियनबीच समझदारी भएअनुसार हस्ताक्षरकर्ता ट्रेड युनियनहरूबीच समेत छलफल भई मान्य भइसकेको अवस्था रहेको छ,” जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै सम्झौतामा होटलको स्तर अनुसार विभिन्न परिमाणको तलबमान तोकिएकोले न्यूनतम तलबमान भुक्तान गर्न नसकिएको हुँदा सामाजिक सुरक्षा कोषमा सम्झौतामा तोकिएको रकमको आधारमा रकम जम्मा गर्न पाउने व्यवस्था गर्न पनि अनुरोध गरेको छ ।

Global Ime bank

आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेटमा जेठ र असार महिनाको योगदान सरकारको तर्फबाट बेहोर्ने घोषणा भएपनि वर्तमान अवस्थालाई ध्यानमा राखी अति प्रभावित होटल उद्योगलाई मन्त्रालयको पहलमा थप सहयोग र अन्य सुविधा उपलब्ध गराई सामाजिक सुरक्षा कोषप्रति आकर्षण अभिवृद्धि गर्न फरक नीति अवलम्बन गर्न पनि सुझाव दिइएको छ ।

संघले सामाजिक सुरक्षा कोषमा आबद्ध होटल उद्योगका श्रमिकहरूको निरन्तर योगदान हुन नसकेको यो अवस्थामा स्वास्थ्य सहायता तथा अन्य सुविधाहरूबाट वञ्चित नहुने गरी यस उद्योगलाई अतिप्रभावित क्षेत्र मानी राज्यबाट कानुनमा जे जस्तो व्यवस्था भएपनि संक्रमणकालीन अवस्था र विषम परिस्थितिलाई आधार मानी आवश्यक संशोधनमार्फत नीतिगत सहयोग र सहजिकरणको लागि पनि आग्रह गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC