site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल धितोपत्र बोर्डले भन्यो– ५१ ओटा कम्पनीको लगानी जोखिमयुक्त (सूचीसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५१ ओटा सूचिकृत कम्पनीको सेयर मूल्य चलेखेल गरेर बढाइएको पाइएको जनाएको छ । बोर्डले सेयर मूल्यमा चलखेल भएको ५१ कम्पनीको सूचीसमेत सार्वजनिक गरेको छ । 

पछिल्लो समय केही कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा बढेपछि बोर्ड कमिटी नै बनाएर अध्ययन गरिएको थियो । बोर्डले सर्कुलर टेड्रिङ कर्नरिङ तथा पप्प एन्ड डम्प (इन्साइडर ट्रेडिङ) लगायतको अध्ययन गर्न कमिटी बनाएको बोर्ड अध्यक्ष भिष्म ढुङ्गानाले बताएका थिए । 

उक्त अध्ययन समितिको प्रतिवेदनको आधारमा ५१ कम्पनीको सेयर मूल्यमा चलखेल गरेर बढाएको निष्कर्षसहित बोर्डले उक्त कम्पनीको सूची सार्वजनिक गरेको छ । उक्त अध्ययन समितिको पहिलो चरणको अध्ययन सकिएपछि बोर्डले उक्त प्रतिवेदन अर्थ मन्त्रालयमा समेत बुझाएको छ । अध्ययनमा कमजोर पफमेन्स भएका हाइड्रोपावर विकास बैंक र वित्त कम्पनी निर्जिवन बिमा कम्पनीहरु, जीवन बिमा कम्पनी, जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, नेपाल इन्फ्रास्ट्रचर बैंक, विकाल बजार कम्पनी, साल्ट ट्रेडिङ कम्पनी, नागरिक लगानी कोष लगायत कम्पनीको सेयर मूल्य अस्वभाविक देखिएको बोर्डको निष्कर्ष छ ।

बोर्डले १ वर्षमा सेयर मूल्य ३०० प्रतिशतभन्दा बढीले वृद्धि भएका, पीई रेसियो १०० भन्दा बढी भएका, प्रतिसेयर आनम्दानी नेगेटिभ भएका र प्रतिसेयर नेटवर्थ १००  भन्दा कम भएका र कम्पनीको वर्तमान वित्तिय क्षमताको मूल्यांकन गरेर उक्त सूची सार्वजनिक गरेको बोर्डले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro