देश
काठमाडौं । हाल देशका ७५ जिल्लामा निषेधाज्ञा जारी छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो ।
गृह मन्त्रालयका अनुसार हाल अधिकांश जिल्लामा यही जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरिएको छ । दार्चुलामा असार १०, काठमाडौं, ललितपुर, भक्तपुर, बागलुङ, डडेलधुरा, उदयपुर, कालिकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, नवलपरासी पूर्व, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा असार ७, पर्सामा असार ६, गोरखामा असार ५, भोजपुर, चितवन र धनकुटामा असार ३, रामेछाप, सल्यान र हुम्लामा असार २ र दाङमा असार १ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।
देशभरको निषेधाज्ञाको विवरण पढ्नोस्–
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८ २०:२३
प्रतिक्रिया दिनुहोस्