देश
जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले कोरोनाबाट प्रभावित नागरिकका लागि राहत प्याकेजको घोषणा गरेको छ । शुक्रबार कार्यपालिका सदस्यको बैठकले कोरोनाबाट प्रभावित बनेका नागरिकका लागि राहत प्याकेजकाे घाेषणा गरेकाे हाे ।
गत वैशाखयता कोरोना संक्रमणबाट मृत्यु भएकाकाे परिवारलाई ५० हजार, कोरोना संक्रमण भई अस्पातलमा भर्ना भई उपचार गरेकालाई १५ हजार र होम आइसोलेसनमा बसेकालाई ५ हजार दिने निर्णय गरेको नगर प्रमुख योगेन्द्र पञ्जियारले जानकारी दिए ।
संक्रमण पुष्टि भएको कागजातसहित पीडित परिवारले पालिकामा सम्पर्क गर्दा एक हप्ता भित्रै राहत पाउने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८ १९:४२
प्रतिक्रिया दिनुहोस्