site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । संविधानको धारा १६८ (३) अनुसार उनी ठूलो दलको हैसियतका आधारमा गत वैसाख २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । 

सोही नियुक्तिका आधारमा उपधारा ४ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आज दिउँसो १२ बजेलाई प्रदेशसभा बैठक बोलाइएको छ । कार्यसूची मुख्यमन्त्रीले विश्वासको मत लिने मात्र रहेको सचिवालय सचिव हरिराज पोखरेलले जानकारी दिए । 

अल्पमतमा परेका मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने सम्भावना कम देखिएको छ ।

Global Ime bank

विश्वासको मत नपाए उपधारा ५ अनुसार प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आह्वान गर्नेछिन् ।

बजेट ल्याउने समय आइसक्दासमेत गण्डकीमा राजनीतिक किचलोका कारण नीति तथा कार्यक्रमसमेत आउन सकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC