site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
काठमाडौं रेजर्सको एनएसएल यात्रा  
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं रेजर्स नेपालको पहिलो फ्रेन्चाइजी लिग नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन टोली हो ।

नेपालमा अक्सनमार्फत भएको प्रतियोगितामा काठमाडौंले फाइनल खेलमा एफसी धनगढीलाई हराउँदै उपाधि उचालेको थियो । नेपाली खेलकुदमा नयाँ आयमसहित भएको प्रतियोगितामा काठमाडौंले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचाल्न सफल भयो ।

काठमाडौं रेजर्सको स्थापना
नेपालमा सुरु भएको पहिलो संस्करणको सुपर लिगमा काठमाडौंले आफ्नो नेतृत्व गर्ने उद्देश्यले प्रतियोगितामा भाग लियो । मोरङ अटो वर्कसलाई फुटबल विकासका लागि टिमको प्रतिनिधित्व गर्ने योजना भयो । मोरङ अटो वर्कसलाई टिमको मालिकको रुपमा प्रतिनिधित्व गर्ने अवसर पायो ।

Prabhu Bank
Agni Group
NIC Asia

क्लबको लोगो र पहिचान 
काठमाडौं सांस्कृतिक सहर हो, यस संस्कृतिमा यस सहरको मूल्य अपार छ ।  फुटबल काठमाडौंको लागि खेलभन्दा पनि ठूलो कुरा हो, काठमाडौंको यो अर्को संस्कृति हो ।

धेरै ‘ए’ डिभिजन क्लबहरू यहाँ आधारित छन् । तर, विभाजित छन् ।  काठमाडौं रेजर्सले यसलाई पूरै काठमाडौंलाई एक टिम, एक क्लबको रूपमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्‍यो ।

Global Ime bank

त्यसैका आधारमा लोगो डिजाइन भएको हो । क्लबको ब्याजमा चिलको प्रतीक राखिएको छ । आकाशमा खुल्ला रुपले उड्छ, जुन सिकारी चरा कोही कसैसँग पनि डराउँदैन, हरेक कुराको प्राप्तिको लागि व्यापक दर्शन गर्छ । लोगोमा मिश्रित रङ निलो, रातो र सेतो रङ हो ।

नामको व्याख्या
पर्फमेन्समा जसरी  रेजर तिखो छ, त्यस्तै यमाहाको ‘रेजेडआर १२५ एफआई’पनि उत्तिकै अब्बल छ । पर्फमेन्स र पहिचान मेल खाने हुनाले  क्लबको  ‘काठमाडौं रेजर्स’ को नाम जु¥यो ।

व्यवस्थापन 
एन्फा लिग कमिटीका अध्यक्ष तथा एन्फामा प्रमुख व्यक्तित्वका रुपमा  रहेका विज्ञानराज शर्माको नेतृत्वमा व्यवस्थापन टिम निर्माण भएको थियो । उनको नेतृत्वमा टिम र व्यवस्थापनको रूपरेखा तयार गरियो, जसले काठमाडौं रेजर्सको सफलताको आधार बनायो । त्यस्तै, काठमाडौंले मधुसूदन उपाध्यायलाई टिम म्यानेजरको रुपमा राखेको थियो ।

प्रशिक्षक बालगोपाल महर्जनको आगमन 
नेपाली फुटबल क्षेत्रमा नाम चलेका प्रशिक्षक हुन्, बाल गोपाल महर्जन । उनले नेपाली राष्ट्रिय फुटबल टोलीलाई धेरै उपाधि जिताएका थिए । उनलाई नै काठमाडौंले प्रशिक्षकको रुपमा ल्याउने योजना बनायो । नेपाल सुपर लिगमा इतिहास बनाउने उद्देश्यले उनलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

मुख्य प्रशिक्षक बालगोपालले काठमाडौंकै स्थानीयवासी भएका कारण नै प्रतियोगितामा काठमाडौंको प्रतिनिधित्व गर्ने योजना बनाए । प्रशिक्षक महर्जनले काठमाडौंको मार्की खेलाडीको रुपमा विकेश कुथुलाई राख्ने योजना बनाए । टिमको रणनीतिअनुसार विकेशले टिमको नेतृत्व गर्ने अवसर पाए ।

“नेपाली खेलकुदमा विकेशले बेग्लै पहिचान बनाएका छन् । उनलाई मैले टिमको मार्की खेलाडीको रुपमा राख्ने निर्णय गरेको थिएँ । काठमाडौंमा कस्तो खालका खेलाडी चाहिन्छ, नेपाली घरेलु लिगदेखि राष्ट्रिय लिगमा खेल्ने खेलाडीलाई एक डाटा बनाएर खेल्ने खेलाडीको टिम तयार पार्ने योजना बनाएको थिएँ । अन्तिममा टिम राम्रो बन्यो,” महर्जनले भने ।

काठमाडौं फाइनलअघि धनगढीसँग दुईपटक पराजित भइसकेको थियो । सोही टिमसँग फाइनलमा प्रवेश गरेको थियो । महर्जनले फाइनलअघि टिममा केही मनोबलको कमजोर बनाएको बताए ।

“खेलाडीको मनोबलमा केही कमी देखिन्थ्यो । धनगढीको उच्च मनोबलले हाम्रो खेलाडीलाई सहज बनायो । खेलअघि काठमाडौंका खेलाडी पनि उच्च मनोबलका साथ लागेका थिए,” उनले भने । महर्जनले आफूहरूको खेल पहिलो चरणमा बलियो भए पनि बीचमा केही कठिनाइसँगै समूह विजेता बन्न पाएकोमा खुसी पनि लागेको बताए ।

लिगमा कुल ९ खेल खेलेको काठमाडौंले पाँच खेलमा जित निकाल्यो भने तीन खेलमा पराजित भयो । काठमाडौंले एक खेलमा बराबरी खेल्यो । यसरी जित, हार र बराबरी हुँदै समूह विजेता बन्दै काठमाडौंले उपाधि जित्यो । यमाहाको स्वामित्वमा रहेको काठमाडौंले लिगमा आफ्नो बेग्लै छाप छोड्न सफल भयो । प्रशिक्षक महर्जनको काठमाडौंमै उपाधि राख्ने योजना पनि सफल भयो ।

“काठमाडौंमा उपाधि राख्ने मेरो योजना सफल भयो । विभिन्न चुनौतीबीच सफल भयौँ । यो अवसरमा साथ दिने सबैलाई धन्यवाद । आगामी सिजन हामी थप बलियो हुँदै आउने छौँ । पहिलो सिजन भएकाले केही कजोरी भए पनि यसलाई सुधार गर्ने मौका अर्काे सिजन अवश्य मिल्नेछ,” महर्जनले भने ।

सन् १९९३ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका महर्जनले देशका लागि धेरै सफलतामा महत्वपूर्ण योगदान गरेका छन् । महर्जनले नेपालका लागि खेलाडीका रुपमा जति योगदान गरेका छन्, त्यति नै प्रशिक्षकको रुपमा गरेका छन् । नेपालले बंगबन्धु गोल्डकपदेखि साग उपाधि पनि महर्जनकै नेतृत्वमा जितेको छ ।

यता, काठमाडौंका अध्यक्ष विज्ञानराज शर्माले नेपाली फुटबलमा लिगले राम्रो अवसर पाएको बताए । उनले नेपाली फुटबलमा लिग सञ्चालनको जिम्मेवारी पाएका थिए । यो सालको लिग हुन सकिरहेको थिएन । तर, उनले सञ्चालन गरे ।

ऐतिहासिक सहिद स्मारक लिग फुटबल प्रतियोगिता (नेपाली फुटबलको मेरूदण्ड) सञ्चालन गर्न निकै चुनौतीपूर्ण अवस्थामा तत्कालीन नवनिर्वाचित एन्फा कार्यसमितिले अनुरोध गरेपछि आफूले कार्य सम्पन्न गर्ने योजना बनाएको उनले बताए ।

एनएसएलमा उनले राम्रो टिम तयार पार्ने योजना बनाए । काठमाडौंको जिम्मेवारी पाएका उनी उत्कृष्ट प्रशिक्षकको खोजीमा थिए । उनले त्यति नै बेला बालगोपाल महर्जनलाई छाने ।

“मैले काठमाडौंको जिम्मेवारी पाएको थिएँ । काठमाडौंलाई उत्कृष्ट टिम बनाउने योजना भयो । सोहीअनुसार मैले बालगोपाललाई प्रशिक्षको रुपमा क्लबमा भित्र्याएँ,” शर्माले भने ।

नेपालमा फुटबल एउटा व्यावसायिक रुपमा  विकास  हुँदै गरेको बताउँदै शर्माले एउटा उद्योगको ्रुपमा अगाडि बढ्दै गरेको फुटबल व्यवसायले भोलि खेलाडीको भविष्य निर्धारण गर्ने बताए ।

एक खेलाडीले एक महिना खेलेर पनि दुई–चार लाख कमाउन सक्छ । फुटबल खेलाडी मात्र होइन, यसका रेफ्री, टेक्निसियन, कोचहरु प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा फुटबलमा आबद्ध हजारौँले रोजगारी पाउने अवस्था नेपाली फुटबलमा अब आएको छ ।

शर्माले पहिलो संस्करणको लिगमा विदेशी खेलाडी अनुबन्ध गर्दा केही सहज भएको बताए । उनले अफ्रिकन खेलाडीलाई टिममा अनुबन्ध गर्ने व्यवस्था मिलाउन पहिलेदेखि थालिएको बताए । उनले अन्तिम समयमा बाट स्टेफन, फ्लोरेन्ट र मेसुकी टिममा अनुबन्ध गर्ने योजना सफल भएको बताए ।

यता, काठमाडौंका टिम मालिक विष्णुकुमार अग्रवालले नेपाली फुटबलमा एनएसएलबाट नयाँ व्यावसायिक फुटबलको थालनी भएको बताए । उनले यसैमार्फत नेपाली फुटबलमा खेलाडीहरुको मोह बढ्ने पनि बताए ।

“हामी फुटबल काठमाडौंको संस्कृति हो भनेर बुझ्दछौँ । हामी बालबालिकाहरु सडक, गल्लीहरू, चोक–चोकमा खेलिरहेका देख्न सक्दछौँ, त्यो पनि फुटबल जुत्ता वा कुनै जर्सीबिना । हामी विदेशी फुटबलको प्रभाव परिवारमा देख्छौँ । अब सोही प्रभाव नेपाली फुटबलको होस् भन्ने हाम्रो चाहना हो,” अग्रवालले भने ।

नेपाल सुपर लिगको सुरुवातले काठमाडौं र नेपालभरका फुटबल फ्यानहरूको भावनासँग सम्पर्क राख्ने अवसर दिएको अग्रवालले बताए । त्यस्तै, अन्य फुटबल प्रतियोगितामा काठमाडौंलाई धेरै ‘ए’ डिभिजन क्लबमार्फत प्रतिनिधित्व गरिएको भए पनि एनएसएलको समयमा काठमाडौं रेजर्स समग्रमा काठमाडौंको प्रतिनिधित्व गर्ने टोली बनेकोमा आफू खुसी भएको बताए ।

भविष्यको काठमाडौं रेजर्सको अन्य समुदायमा पनि फुटबलको प्रतिनिधित्व गराउने योजना बनाएको छ । त्यसैअनुसार आफूहरु लागिरहेको काठमाडौंका टिम मालिक अग्रवालले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC