site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ललितपुर महानगरले दोस्रोपटक माग्यो कोभिसिल्ड खोप खरिदको अनुमति
Siddhartha BankSiddhartha Bank

काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै कोभिसिल्ड खोप खरिदका लागि नेपाल सरकारसँग अनुमति मागेको छ । 

कोभिसिल्ड पहिलो डोज लगाएकालाई धेरै समय रनभुल्लमा राख्न नसकिने भन्दै महानगरले स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई सोमबार पत्राचार गरी कोभिसिल्ड खोप खरिदका लागि अनुमति मागेको हो ।

Agni Group
NIC Asia

‘‘अविलम्ब त्यहाँबाट कोभिसिल्ड खोप उपलब्ध गराइदिन हुन अनुरोध छ, त्यहाँबाट उपलब्ध हुन नसक्ने भएमा ललितपुर महानगरपालिकाले आफ्नै खर्चमा खरिद गर्न अनुमति उपलब्ध गराइ दिनहुन अनुरोध छ,” महानगरको पत्रमा भनिएको छ  ।

महानगरभित्र ११ हजार पाँच सय जनाले कोभिसिल्डको दोस्रो डोज लगाउन पाएका छैनन् । महानगरप्रमुख चिरीबाबु महर्जनले नेपाल सरकारले खोप ल्याउने छाँटकाँट नदेखिएकाले महानगरले नै खोप खरिदका अनुमति मागेको बताए । ‘‘हामी महानगरवासीलाई रनभुल्लमा राख्न चाहदैनौ, आफ्नै पैसा खर्च गरेर उहाँहरूलाई सुरक्षित राख्न चाहन्छौँ,” उनले भने ।

Global Ime bank

यसअघि महानगरले जेठ १६ गते खोप खरिदको लागि पत्राचार गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय