site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली आफ्ना गल्तीप्रति आत्माआलोचित छैनन्, हस्ताक्षर फिर्ता हुँदैन : शाक्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शर्तसहित २०७५ जेठ ३ अर्थात् एकतापूर्वको अवस्थामा फर्कन राजी भएपछि खनाल–नेपाल समूहमा मत विभाजित भएको छ । योगेश भट्टराईसहितका नेताले प्रधानमन्त्रीको ६ बुँदे प्रस्तावले एकताको वातावरण बनाउने बताइरहेका बेला अष्टलक्ष्मी शाक्यले भने विथोल्ने बताएकी छन् ।

“तपाईंहरू प्रष्ट हुनुस् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावले कुनै सहमतिको वातावरण बनाउँदैन,” उनी भन्छिन्, “अदालतमा मुद्दा विचाराधीन भइरहेका बेला त्यसलाई प्रभावित पार्नेगरी आएको छ । ओलीको प्रस्तावमा टेकेर कुनै समझदारी हुँदैन । हामी हाम्रो मान्यतामा अडिग छौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले हस्ताक्षर फिर्ता नहुने अडान पनि राखिन् । “प्रधानमन्त्री ओलीले आफ्नो कदम गल्ती थियो भनेर भनेका छैनन्,” उनले भनिन्, “आफ्ना गल्ती नदेख्ने, अरूमात्रै सच्चिनुपर्छ भनेर कहाँ सहमतिको वातावरण बन्छ । यो नयाँ चालबाजी हो ।”

ओलीको प्रस्तावप्रति एकीकृत धारणा बनाउन खनाल–नेपाल समूहले आज छलफल गर्दैछ । स्थायी कमिटी बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने भनिए पनि समय भने तय भइनसकेको शाक्यले बताइन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  ०७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC