site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीको चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्न अपिल (पूर्णपाठ) 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमाले खनाल नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले चालबाजीपूर्ण वार्ता गरेकाले भ्रममा नपर्न कार्यकर्तालाई अपिल गरेको छ । 

दुई दिने (बिहीबार र शुक्रबार)को केन्द्रीय कमिटी बैठकले पारित गरेका विषय सर्कुलर गर्दै पार्टीलाई एकताबद्ध राख्ने हाम्रो चाहनामा कुठाराघात भएको बताएका छन् ।

खनाल– नेपाल समूहले मन्त्रिपरिषद् विस्तार गरेर जनघात गरेको निष्कर्ष पनि निकालेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

केन्द्रीय कमिटी बैठकको प्रस्तावमा काम चलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्नु लोकतान्त्रिक राजनीतिक प्रणाली नै भत्काउनेतर्फको निर्लज्ज पाइला भएको उल्लेख छ । 

“एकपछि अर्को असंवैधानिक र स्वेच्छाचारी कार्य गर्ने क्रममा कामचलाउ प्रधानमन्त्री रहेको अवस्थामा केपी ओलीले यही जेठ २१ गते मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेर संवैधानिक र लोकतान्त्रिक मूल्य, मान्यता र जनादेशमाथि घात गर्नुभएको छ । आफैँ निर्वाचनको घोषणा गर्दै कामचलाउ भएका प्रधानमन्त्रीबाट उक्त किसिमले मन्त्रिपरिषद्मा हेरफेर गरिनु लोकतान्त्रिक राजनीतिक प्रणाली नैभत्काउने तर्फको निर्लज्ज पाइला हो,” बैठकपछि जारी प्रस्तावमा भनिएको छ । 

Global Ime bank

प्रधानमन्त्री ओलीले जेठ २१ गते जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षका ८ मन्त्री र २ राज्यमन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गरेका थिए । 

साथै दुई–दुई पटक संविधान सभाको निर्वाचन गरी जारी संविधानमा काम चलाउ सरकारका प्रधानमन्त्रीले संशोधन गर्न कार्यदल गठन गरिएको भन्ने कुरा आपत्तिजनक र अलोकतान्त्रिक कार्य भएको खनाल–नेपाल समूहको निष्कर्ष छ । जसपालाई सररकारमा लैजान ५ सदस्यीय कार्यदल पनि गठन गरिएको छ ।
 

यस्तो छ प्रस्ताव 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC