अर्थ व्यवसाय
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कोरोना भाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थापनकाे लागि सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरूलाई प्रति अस्पताल /आइसोलेसन केन्द्रलाई ७ लाखको दरले ४९ लाख आर्थिक सहयोग गरेको छ ।
प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताल लाई प्रदान गरिएको सहयोग गरेको बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८ १८:०७
प्रतिक्रिया दिनुहोस्