site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्यून–चापीय प्रणाली आज धेरै शक्तिशाली चक्रवातमा परिणत, सजग रहन आग्रह

काठमाडौं । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय प्रणाली चक्रवातमा परिणत भैसकेको छ । यो उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत हुने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि (बुधबार)सम्ममा अति धेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिएको छ । यसको असर केही दिनमा नेपालको भू–भागमा समेत पर्ने सम्भावना रहेकाले सबैलाई सजग रहन मौसमविद् बरुण पौडेल आग्रह गर्छन् । 

आज अपरान्हपछि देशका धेरै स्थानमा सामान्यदेखी पूर्ण बदलीको भई वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागमा हावाहुरीसमेत हुनसक्ने सम्भावना रहेकाले मंगलबारदेखि केही दिनसम्मका लागि  पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन विभागले आग्रह गरेको छ । 

देशका धेरै स्थानमा बुधबारबाट केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । बिहीबार (१३ गते) कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केअी स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागहरू हिमपात र वर्षाको सम्भावना रहेकोले पर्वतारोहीहरूलाई सतर्क रहन विभागले भनेको छ । 

मेघगर्जन/चट्याङ/हावाहुरी र असिना–पानीकोसमेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् पौडेल बताउँछन् । 

पौडेलका अनुसार चक्रवातको असर तुलनात्मक रुपमा नेपालको पूर्वी क्षेत्रमा बढी पर्ने छ । मौसमविद् पौडेल भन्छन्, “चक्रवातको असर नेपालको पूर्वी क्षेत्रमा बढी पर्ने देखिएको छ । यद्यपि यसको असर मध्ये क्षेत्र र पश्चिममा पनि पर्नेछ । यसबाट सचेत रहन र विभागले निरन्तर सूचना प्रकाशन गर्दै आएको छ । सूचना अनुसार सतर्क रहन हाम्रो अनुरोध छ ।” 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  ०६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro