राजनीति
काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले आफूलाई कारबाही गरेकोबारे थाहा नभएको बताएकी छिन् । एमाले स्थायी कमिटी बैठकले कारबाही गरेलगतै उनले आफूलाई स्पष्टीकरण पत्र पनि प्राप्त नभएको बताइन् ।
“कारबाहीबारे मलाई केही थाहा छैन । स्पष्टीकरणबारे पनि थाहा छैन । स्पष्टीकरण कहाँ सोधे पनि थाहा भएन । गुटले गरेको कारबाही हो । ८–१० को बैठक बसेर राजनीतिक रूपमा अहसमती राख्नेलाई कारबाही हुन्छ र ? त्यसो भए त हामीले पनि केपी ओलीलाई कारबाही गरे भयाे नि," उनले भनिन् ।
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८ १९:२०
प्रतिक्रिया दिनुहोस्