site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धनुषामा थप एकसाता निषेधाज्ञा
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

जनकपुरधाम । धनुषामा एक साता निषेधाज्ञा थप भएको छ । सोमबार विहान जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
 
बैठकले जेठ १७ गतेसम्म जिल्लाभर निषेधाज्ञा थप गरेका छन् । धनुषामा वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी भएको छ । प्रदेश २ का जिल्लाहरु कोरोनाको हटस्पट बन्न थालेपछि सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । कोरोनाको ग्राफ उकालो लागेपछि सबै जिल्लामा निषेधाज्ञा विभिन्न चरणमा थपसमेत हुने गरेको छ ।
 
धनुषामा निषेधाज्ञमा अतिआवश्यक बाहेक हरेक गतिविधि बन्द राख्न विज्ञप्तिमार्फत जनाइएको छ । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी र तरकारी मण्डी मात्र र नेपाल राष्ट्र बैंकको अनुसार वित्तिय संस्था मात्र खोल्न आदेश दिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जानकारी दिए । विहान ६ बजेदेखि ९ बजेसम्म औषधि व्यवसाय, पेट्रोल, फलफूल, ग्यास पसल र दुध डेरी खोल्न अनुमति दिएको छ । “अतिआवश्यक व्यावसाय तथा संस्थाहरु विहान खोल्न दिएको छु । तर, वहाँहरु बेलुका पनि लुकिछिपि खोल्ने गरेको थियो,” प्रजिअ वास्तोलाले भने, “बेलुका पूर्णरुपमा बन्द गर्ने र अनुगमन बढाउने निर्णय भएको छ ।”

निषेधाज्ञा कडा बनाउन मातहतको सबै कार्यालयलाई पत्राचार गरिएको छ । आइतबारदेखि धनुषामा सशस्त्र प्रहरी परिचालन गरी निषेधाज्ञा कडा बनाइएको छ । चोक–चोकमा होल्डिङ सेन्टरमा निषेधाज्ञा उलंघन गर्नेलाई राख्ने गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय