site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जापानी येनमा कसरी जोडियो नेपाली नाता ? उत्पादक भन्छ– नेपालबिना जापान चल्न सक्दैन

टोक्यो । जापानी पैसा येनका नयाँ नोटहरूको सम्बन्ध यसपालिबाट नेपालसँग जोडिएको छ । हिमाली क्षेत्रमा पाइने अर्गेली भनिने पहेँलो फूल फुल्ने बिरुवाबाट निकालिने चम्किलो लोक्ता (नेपाली कागज) जापानी येनको नोटमा प्रयोग गरिएको छ ।

जीओ न्युजले जनाए अनुसार १० हजार, पाँच हजार र एक हजार येनका नोट बुधबारदेखि जापानको बजारमा ल्याइएको हो, जसमा नेपाली कागज प्रयोग गरिएको छ । ती नोटहरू बुधबार जापानका प्रधानमन्त्री फुमिओ किसिदाले बैंक अफ जापानको हेडक्वार्टर टोक्योमा सार्वजनिक गरेका थिए । सो कार्यक्रममा बैंकका गभर्नर काजुओ उएडा समेत सहभागी थिए ।

बिस वर्षपछि जापानले यसरी नोटमा परिवर्तन गरेको हो । सीएनएनले जनाए अनुसार जापान सरकारका लागि कागज उत्पादन गर्ने कम्पनी कान्पाऊका अध्यक्ष तादासी मात्सुबारा भन्छन्, "मलाई लाग्छ, नेपालले जापानको अर्थतन्त्रमा योगदान गरेको छ । क्यास जापानको अर्थतन्त्रका लागि आधारभूत कुरा हो । नेपालबिना जापान चल्न सक्दैन ।"

Dabur Nepal
NIC Asia

अर्गेलीको झाडीदेखि पेपरसम्मको क्रममा लामो यात्रा पूरा गर्नुपर्छ । यसको फाइबर बलियो हुन्छ । मात्सुबाराका अनुसार यो पेपरका बिरुवा पहिले जापानमा नै उत्पादन गरिँदै आए पनि अहिले उत्पादन घटेको छ ।

उनका अनुसार यो बिरुवा रोप्ने किसानको संख्या अहिले जापानी गाउँमा कम छ । उनीहरू सहरतिर गएका छन् । यसकै कारण जापानको सप्लाई चेनमा नेपाल परेको हो ।

कानपाऊ सबैभन्दा पहिला सन १९९० को दशकमा एउटा च्यारिटी कार्यक्रम लिएर नेपाल गएको थियो । त्यसले नेपालमा इनार खन्ने लगायतका काममा सघाएको थियो । यसैक्रममा सो कम्पनीका मानिसले नेपालमा अर्गेली देखेका थिए । त्यसपछि सो कम्पनीले नेपाली किसानलाई पेपर बनाउने बिरुवामा आकर्षित गरायो । विभिन्न प्रक्रिया पूरा गरेपछि यसको पेपर चिसो यामतिर पूरा हुन्छ ।

त्यसपछि यो नेपालको राजधानी काठमाडौंमा लगियो । काठमाडौंबाट भारतको कोलकाता हुँदै त्यहाँबाट पानी जहाजमा जापानी सहर योकोहामा पुर्‍याइयो । त्यहाँ निरीक्षण गरेर सो पेपरलाई फेरि प्रोसेस गरियो र प्रिन्टपछि बादाबरा सहर नजिक क्यासको रूपमा नेसनल प्रिन्टिङ ब्युरोले काट्यो । 

मात्सुबाराका अनुसार पुरानो नोटमा भन्दा यसपालिको नोटमा धेरै कच्चा पदार्थ प्रयोग गरिएको छ । सो कागजको उत्पादन गर्ने गाउँका किसानलाई पनि त्यसको उत्पादनले राहत पुर्‍याएको मात्सुबाराको भनाइ छ ।

पछिल्लो समय इलाम जिल्लामा पेपरबुस एक लाख ८० हजार येन अर्थात् एक हजार ११४ डलरमा बेचिएको र सो जिल्लाबाट उक्त कार्यमा संलग्न ६ किसानमध्ये हरेकलाई करिब ३० हजार येन अर्थात् १८५ डलर प्राप्त भएको मात्सुबाराको भनाइ छ ।

सीएनएनले स्वतन्त्ररूपमा मात्सुबाराको भनाइ पुष्टि गर्न भने नसकेको जनाएको छ । सुरुमा यो गतिविधि नेपाललाई जापानको सहयोगको रूपमा रहेको तर अहिले फरक भएको उनले बताए ।उनले जापानलाई मद्दतका लागि यस मामिलामा नेपाली जनताले कडा परिश्रम गरेको समेत जनाए ।

सीएनएनबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro