site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी
प्रतीकात्मक तस्बिर ।

हेटौँडा । जंगली विषालु च्याउ खाँदा मकवानपुरको भीमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका छन् ।

जंगलबाट ल्याएको च्याउ खाँदा भीमफेदी–६, उर्लाघारीकी ६५ वर्षीया मंगली स्याङतान, उनका ३२ वर्षीय छोरा बुद्धिबहादुर, बुहारी ३० वर्षीया पासाङमाया, नाति सात वर्षीय लासाङ, बुद्धि स्याङतानकी छोरी १९ वर्षीया लक्ष्मीमाया, १५ वर्षीया पार्वती र सात वर्षीया छोरी आरती सिकिस्त बिरामी परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

प्रनाउ भण्डारीका अनुसार विषालु च्याउ खाएर बिरामी परेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी पाँचजनालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाएको छ । बिरामीमध्ये मंगली र लक्ष्मीमायाको हेटौँडास्थित अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । 

यसअघि यही असारको पहिलो साता जंगली विषालु च्याउ खाँदा जिल्लाका विभिन्न ठाउँमा तीनजनाको मृत्यु भएको थियो । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro