site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महामन्त्री ढकाललाई निलम्बनपछि निस्कासनको योजना 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री तथा प्रवक्ता डा. मुकल ढकाललाई ‘निस्कासन’ गर्ने मनसायसहित निलम्बन प्रक्रिया अघि बढाएको छ ।

पार्टी अनुशासनविपरीत काम गरेको भन्दै अधिकांश सदस्यहरूले महामन्त्रीका रुपमा स्वीकार नगर्ने अभिव्यक्ति दिएपछि प्रक्रिया पुर्‍याएर कारबाही गर्ने गरी सभापति रवि लामिछानेले ढकाललाई निलम्बित गरेका हुन् ।

महामन्त्री ढकाललाई निलम्बित गरेपछि कार्यबाहक प्रवक्ताको जिम्मेवारी मनिष झाले  पाएका छन् । उनले मुकुललाई कारबाही गर्ने सुनिश्चित भइसकेको भन्दै प्रक्रिया पूरा गर्न मात्र उनलाई निलम्बित गरेको जानकारी दिए । 

Agni Group
NIC Asia

“बैठकमा उपस्थित भएका केन्द्रीय समितिका सदस्यहरूमध्ये एकजनाबाहेक सबैले उहाँको व्यवहारप्रति असन्तुष्टि जनाउनुभएको छ, खेद प्रकट गर्नुभएको छ,” झाले भने, “त्यसैले गर्दा केही प्रक्रियागत रुपमा बाँकी रहेको मात्रै हो । सभापतिजीले कारबाहीको निर्णय यसरी बैठकबाट गर्नु हुँदैन, प्रक्रिया बाँकी छ, त्यो प्रक्रिया पूरा गरौँ भनेर भन्नुएको छ ।”

झाका अनुसार, रास्वपा संसदीय दलकी सचेतकसमेत रहेकी निशा डाँगीले भने महामन्त्रीको प्रतिवेदन र सार्वजनिक भएका विषयालाई फरक ढंगले हेर्न आग्रह गरेकी थिइन् । 

Global Ime bank

उनको आग्रहलाई सभापति लामिछानेले बेवास्ता गरेका छन् ।  कार्यवाहक प्रवक्ता झाले प्रतिवेदनका आधारमा महामन्त्री ढकाललाई कारबाही नगरिएको पनि दाबी गरे ।  उनका अनुसार, महामन्त्रीले बुधबारको बैठकमा गरेको व्यवहारका आधारमा उनलाई कारबाही गरिएको हो ।
 
“उहाँले समीक्षा यात्राबाट लिएर आउनुभएको प्रतिवेदन गलत त होइनन्,” झाले भने, “त्यो प्रतिवेदन प्रस्तुत गर्दैगर्दा, बुधबारको बैठकमा प्रस्तुत हुँदाका व्यवहार गलत हो ।”

उनले स्थापनाकालदेखि पदीय जिम्मेवारीका महामन्त्रीले त्यस्तो व्यवहार गर्न नमिल्ने तर्क गरे । त्यहीकारण सभापतिले लिएको कारबाहीको निर्णयमा कसैले पनि प्रतिवाद गर्न नसक्ने उनको भनाई छ ।  “यसकारण नेतृत्वको निर्णय स्वीकार्न हामी सबैजना बाध्य छौं,” कार्यबाहक प्रवक्ता झाले भने । झाले सभापतिको निर्णय मान्न बाध्य भएको बताइरहँदा रास्वपा महामन्त्रीलाई कारबाहीका लागि पूर्वतयारीमा थियो । 

उपसभापति डोलप्रसाद अर्यालले महामन्त्री ढकाललाई सभापतिले गरेको कारबाहीको प्रसंग नै नराखी व्यक्तिगत रुपमा आलोचनामा उत्रिएका थिए ।
 
“आजैका मितिदेखि मुकुल ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीको रुपमा नस्वीकार्ने घोषणा गरेको छु,” पत्रकार सम्मेलनमा निस्किएर उपसभापति अर्यालले भनेका थिए, “बहुमत सदस्यले उहाँको राजीनामा मागेको कुरा पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।”

उपसभापति अर्यालले पनि राजीनामा माग्नुको कारण प्रतिवेदन नभएको बताए । उनले रास्वपाका ६४ जना केन्द्रीय सदस्यमध्ये ५३ जना बुधबारको बैठकमा उपस्थिति रहेको जानकारी दिए । त्यो बैठकमा महामन्त्रीका गतिविधि नै कारबाहीका कारण भएको उनको भनाई थियो ।
 
“आजको बैठकमा गम्भीर अनुशासन उल्लंघन गर्नुभयो । उहाँले सुरुदेखि अन्तिमसम्म पटक–पटक मिडियाका साथीहरूलाई समाचार पठाउनुभयो । पार्टी सभापतिलाई जुन डकुमेन्ट बुझाउनुभएको थियो, त्यो भन्दा फरक प्रतिवेदन मिडियालाई पठाउनुभयो,” उपसभापति अर्यालले भने, “देशको चौथो ठूलो दलको महामन्त्रीले त्यो तहको विधि पद्धति, आफ्नो पार्टीको विधान र हद पार गरेर मिडियाबाजी गर्नुभयो ।”

अर्यालले मुखमा टेप टास्दै महामन्त्री आफूलाई बोल्न नदिएको भनेको विषयमा पनि गम्भीर असहमति राखेका थिए ।
 
तर, महामन्त्री डा. ढकालले भने बैठकको सुरुवातमै आफूलाई सचिवालय बैठकको समझदारी अनुसार तोकिएको काममा रोक लगाएको बताएका थिए ।
 
“सचिवालयको मंगलबारको बैठकमा समीक्षा प्रतिवेदनका आधारमा महामन्त्रीले प्रस्ताव पेश गर्ने भनिएको थियो । तर, महामन्त्रीको प्रस्ताव पेश गर्न दिइएन,” बैठकको सरुवातपछि महामन्त्री ढकालले भनेका थिए, “मेरो प्रस्ताव दर्ता गरिदिनुस् भन्दा समेत सभापतिले दर्ता हुँदैन भन्नुभयो ।”

त्यसबाहेक निलम्बनपछि पनि महामन्त्री ढकालले प्राकृतिक न्यायको सिद्धान्तविपरीत आफूलाई निलम्बन गरेको बताएका छन् । महामन्त्रीले उठाएको प्रश्नलाई नेताहरूको तर्कले पुष्टि गरेको छ । महामन्त्री ढकाललाई प्रतिवेदनका आधारमा नभएर बुधबारको बैठकको प्रस्तुतिकै आधारमा कारबाही गरिएको भनिएको छ । 

तर, बुधबारको बैठकमा उनको प्रस्तुतीका विषयमा कुनै स्पष्टीकरणसमेत नसोधी निलम्बनको निर्णय भएको छ । उनलाई महामन्त्रीबाट निस्कासन गर्नुपूर्वका प्रक्रिया पूरा गर्न मात्र निलम्बनको प्रक्रियामा गएको देखिन्छ । 

महामन्त्रीको पक्षमा बोलेकी निशा पनि निर्णयका पक्षमा
 
रास्वपाका कार्यवाहक प्रवक्ता झाका अनुसार, उपस्थित ५२ जनामध्ये निशाले मात्र महामन्त्री ढकाललाई कारबाही गर्ने पक्षमा बोलेकी थिइनन् । उनले महामन्त्री ढकालले दिएका अभिव्यक्ति र बुझाएको प्रतिवेदनलाई फरक ढंगले हेर्न र पार्टी निर्माणमा उपयोग गर्न प्रस्ताव राखेकी थिइन् ।

निशाको त्यस्तो प्रस्तावले बैठकमा प्रभाव राख्न सकेन र सभापतिले महामन्त्री ढकाललाई निलम्बन गर्ने निर्णय लिए । अन्तिममा निशा स्वयंले उक्त निर्णयमा हस्ताक्षर गरेर बाहिरिइन् । 

कार्यबाहक प्रवक्ता झाका अनुसार, निशाले मात्र कारबाहीको माग नगरेको र रास्वपा महामन्त्रीको पक्षमा निशा एक्लै रहेको समाचार आयो । जसले अप्ठेरोमा परेपछि निशाले पनि विज्ञप्ती जारी गरेर आफू पार्टी निर्णयकै पक्षमा रहेको जनाएकी छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu