site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्थानीय र प्रहरीबीच झडप, फरार प्रतिवादी पक्राउ गर्न गोली प्रहार
प्रतीकात्मक तस्बिर ।

बाँके । बाँकेको डुडुवा गाउँपालिका–६, सिखनपुरवामा फरार प्रतिवादी पक्राउ गर्न खोज्दा बिहीबार स्थानीय र प्रहरीबीच झडप भएको छ ।

स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाका निम्ति एक राउन्ड हवाईफायर र दुई राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । “झडप भएपछि प्रहरीले बाध्य भएर गोली प्रहार गरेको थियो,” उनले भने ।

प्रहरी उपरीक्षक कार्कीका अनुसार, झडपमा एक महिला र वरिष्ठ प्रहरी हवल्दार मदन डाँगी घाइते भएका छन् । प्रहरी हवल्दार डाँगीलाई स्थानीयले प्रहार गरेको इँटाले टाउकोमा चोट लागेको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा घाइते दुवैको उपचार भइरहेको उनले जानकारी दिए ।

“डुडुवा गाउँपालिका–६ का ६५ वर्षीय सोन्नामसिंह सर्दार ६ वर्षदेखि डाँका मुद्दामा फरार प्रतिवादी हुन् । उनी भागेपछि खुट्टामा गोली प्रहार गरेर नियन्त्रणमा लिएका हौँ,” प्रहरी उपरीक्षक कार्कीले भने, “निजलाई सुरुमा प्रहरीले पक्राउ गरेको थियो । स्थानीयले निजलाई भाग्न सहयोग गरेपछि पुनः पक्राउ गर्न खुट्टामा गोली प्रहार गरिएको हो ।”

उनका अनुसार, फरार प्रतिवादी सर्दारलाई पक्राउ गर्न खोज्दा करिब एक घण्टा स्थिति तनावग्रस्त बनेको थियो । रासस

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro