site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाढी पहिरो पीडितलाई चार लाख राहत किन दिएको भन्दै अख्तियारले काट्यो चिरिबाबु महर्जनलाई पत्र
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई बाढी पीडितलाई एकलौटी चार लाख रुपैयाँ दिएको उजुरीमा हाजिर हुन पत्र काटेको छ ।

आयोगकै आयुक्त डा. सुमित्रा अमात्यले देवस्थलको जग्गा मिचेर पर्खाल लगाएपछि त्यसलाई भत्काएसँगै पत्र काटेको हो । अख्तियारमा स्थानीय तह हेर्ने जिम्मेवारी उनै आयुक्त अमात्यले पाएकी छन् ।

अमात्यले ‘स्वार्थ बाझिने’ विषयमा  संवैधानिक अंगको शक्ति दुरुपयोग गरी दुःख दिएको आरोप महानगरपालिकाका अधिकारीहरुको छ ।

Agni Group
NIC Asia

अख्तियारकी आयुक्त सुमित्रा अमात्यले गुठी र देवस्थलका जग्गा मिचेर पर्खाल बढाएको र ढोका हालेको विषयमा ललितपुर महानगरपालिकाबीच लामो समयदेखि विवाद थियो ।

उक्त विषयमा महानगर प्रमुख चिरीबाबु महर्जन र आयुक्त अमात्यका परिवारसँग भनाभन समेत भएको थियो ।

Global Ime bank

अख्तियार आयुक्त अमात्यले गुठीको जग्गा मिचेको पाइएपछि ललितपुर महानगरपालिकाले बुधबार डोजर चलाएको हो ।

उता आयोगका स्रोतका अनुसार, महानगर प्रमुख महर्जनलाई बाढी पीडितलाई सहयोग दिएको, महानगरमा प्रेस सल्लाहकार–संयोजक नियुक्ति र एसइईमा बढी नम्बर ल्याउने विद्यालयलाई पुरस्कृत गरेको विषयमा बयान लिन खोजेको हो ।

महानगरका स्रोतका अनुसार, आयोगले छानबिन प्रक्रिया अघि बढाएर ‘बार्गेनिङ’ गर्न खोजेको देखिन्छ । तर, महानगरले भत्काउने प्रक्रिया सुरु गरेलगत्तै महर्जनलाई पुरानो केसमा अनुसन्धान गर्न भन्दै पत्र काटिएको हो ।

ललितपुर महानगरपालिकाका मेयर महर्जनले बुधबार आफ्नै उपस्थितिमा डोजर चलाउन निर्देशन दिएका थिए । ललितपुर १० चाकुपाटस्थित अमात्यले सम्पदाको जग्गा मिचेर बनाएको पाइएपछि महानगरले खाली गराएको जनाएको छ ।

गुठीयार, आयुक्तको परिवार र महानगरबीच पटक–पटक छलफल गरेर जग्गा खाली गराउन आग्रह गरिएको भए पनि अँटेरी गरेपछि डोजर चलाउनुपरेको महानगरले जनाएको छ ।

“आयुक्तको घरको मूलगेट र पर्खाल भत्काइदिएको छ,” महानगर प्रमख महर्जनले भने, “गुठियार, आयुक्त र महानगरबीच पटक पटक कुराकानी हुँदा पनि अँटेर गरेको र महानगरसँग स्वीकृति नलिएको हुँदा भत्काउनुपरेको हो ।”

ललितपुर महानगरका मेयर महर्जनले गुठीको जग्गा भएको र गुठीयारले पटक  पटक अनुरोध गर्दा पनि नमानेपछि भत्काउनुपरेको बताए ।

बाह्रखरीसँग कुरा गर्दै उनले भने, “यो देवस्थलको जग्गा हो । महर्जन र अमात्य गुठी थियो । जहाँ भोज खाने र पूजा गर्ने स्थान थियो । त्यही नै हडपेको पाइयो । सम्पदा मिचेर पर्खाल बढाउने र ढोका राख्न अनुमति नदिँदा पनि बनाएपछि भत्काउनुपरेको हो ।”

उनका अनुसार महर्जन र अमात्य गुठीका पदाधिकारी पटक पटक महानगरसँग अनुरोध गर्न आएका थिए । उनीहरु लगातार जग्गा खाली गराइदिन भन्दै अनुरोधमा आएपछि भत्काउनुपरेको उनले बताए ।

पटक–पटक भएको छलफलमा आयुक्तले चेतावनी शैलीमा बोलेको भन्दै त्यही रिसिइबीमा पत्र काटिएको हुन सक्ने भनाइ महानगरपालिका स्रोतको छ ।

अख्तियारले काटेको पत्रमा भनिएको छ, “उपरोक्त सम्बन्धमा २०७७ सालमा आएको बाढी पहिरोबाट धापाखेल २४ मा बाढी पीडितलाई रु एकलाख पचास हजार र दुई लाख पचास हजार नगर कार्यपालिकाको निर्णयविपरीत नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरपालिकालाई हानी हुने काम गरेको भन्ने व्यहोराको यस आयोगमा दर्ता भएको उजुरी अनुसन्धानको क्रमा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकाले सक्कल नागरिकता र एकप्रति पासपोर्ट साइजको फोटोसहित आयोगको महाशाखा नम्बर ३ मा उपस्थिति भई अनुसन्धान कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।”

तर, महानगरपालिकाले औपचारिक रुपमा अख्तियारको पत्र पुगिसकेको छैन । त्यसै विषयमा महानगरका कर्मचारीसँग त्यो विषयमा बयान लिइसकेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu