site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाद्वारा नेपाललाई आपत्‌कालीन स्वास्थ्य सामग्री प्रदान 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

वासिङटन । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी, (युएसएड) ले नेपाललाई बढ्दो कोभिड कहरको सामना गर्न आपत्कालीन सहयोगको घोषणा गरेको छ । अमेरिकाबाट सहयोग लिएर आएको तीन मध्येको पहिलो विमानमा नेपालका हजारौँ स्वास्थ्यकर्मीहरुका लागि सर्जिकल मास्क, फेस सिल्ड र पन्जा रहेको छ । 

संक्रमण नियन्त्रण गर्न अमेरिकाले नेपाललाई सक्दो मद्दत गर्ने प्रतिबद्धता सहित यस्तो घोषणा गरेको हो । युएसएडले नेपाल सरकारलाई कोभिड परीक्षण, कन्ट्याक्ट ट्रेसिङ अनि उपचारको दायरा बढाउन, यसअघि १ करोड ५० लाख डलर पनि प्रदान गरेको छ । त्यसैगरी अक्सिजन आपूर्तिमा पनि सघाइरहेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

पछिल्लो १५ महिनामा युएसएडले नेपाललाई कोभिड–१९ सम्बन्धी ५ करोड डलर भन्दा धेरै रकम बराबरको सहयोग प्रदान गरिसकेको जनाएको छ । 

यसरी नेपालको स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउन पछिल्लो २० वर्षमा अमेरिकाले ६० करोड डलर बराबर सहयोग गरिसकेको छ । 

Royal Enfield Island Ad

महामारीको सुरुवातदेखि युएसएडले गरेको सहयोगले नेपालको ६० प्रतिशत जनसङ्ख्यामा लाभ पुगेको बताइएको छ ।

युएसएडले कोभिड परीक्षणको दायरा बढाउन सिङ्गो ल्याबबाट देशभर ८७ बढी ल्याबहरु स्थापना गर्न मद्दत पुर्याएको हो ।

त्यस्तै पछिल्लो ६ महिनामा अमेरिकाले नेपालमा अक्सिजन सिलिन्डर, पल्स अक्सिमिटर, पीपीई, डिस्इन्फेक्टेन्ट, थर्मोमिटर, ‘आर्टिअल ब्लड ग्यास मेसिन’ लगायत अन्य थुप्रै अतिआवश्यक स्वास्थ्य सामग्रीहरु पनि आपूर्ति गराएको छ । गत नोभेम्बरमा मात्र युएसएडले नेपालका ५१ अस्पताललाई १०० भेन्टिलेटर र एम्बुलेन्स सेवा पनि प्रदान गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro