site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रतापपुर घटनाबारे विस्तृत विवरण पठाउन आयोगको पत्रचार
Siddhartha BankSiddhartha Bank

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को नेपाल–भारत सीमानाकानजिकैको प्रतापपुरमा भएको घटनाको अनुगमन गरी विस्तृत विवरणका लागि नेपाल प्रहरीलाई पत्रचार गरेको  छ ।

आयोगको लुम्बिनी प्रदेश कार्यालयले प्रतापपुर गाउँपालिका–६, कठहवामा सशस्त्र प्रहरीको गोली लागी स्थानीय २२ वर्षीय अविनाश राय घाइते भएको र थप उपचारका लागि बुटवल लैजाने क्रममा मृत्यु भएको घटनाको अनुगमन गरी विवरण माग गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले उक्त घटनाको विस्तृत विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी २६ नम्बर गण नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)लाई आजै पत्राचार गरेको जनाए ।

सीमानाका बन्द रहेको अवस्थामा सीमा पार गर्न खोज्दा झडप भएको र सशस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय अविनाश राय घाइते भएको र अस्पताल लैजाने क्रममा बाटैमा निजको मृत्यु भएको जानकारी आयोगलाई प्राप्त भएको जनाइएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय