site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चार्टर्ड उडानमा बढी भाडा नलिएको हिमालय एयरलाइन्सको स्पष्टोक्ति
Siddhartha BankSiddhartha Bank

काठमाडौं । हिमालय एयरलाइन्सले भारतीय नागरिकलाई साउदी अरेबिया लैजाने क्रममा बढी भाडा नलिएको जनाएको छ ।

भारतीय दूतावासको विशेष अनुरोधमा नेपाल सरकारद्वारा निर्णय भई नेपाल एयरलाइन्सले सात तथा हिमालय एयरलाइन्सले तीनवटा उडान गर्ने गरी नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय यात्रीहरुको लागि गरिएको उडानका सिलसिलामा अत्यधिक भाडा तथा केही एजेन्सीहरुले अत्यधिक अतिरिक्त रकम लिएको भन्ने सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, नागरिक उडड्यन प्राधिकरण तथा हिमालय एयरलाइन्सलाई समेत उल्लेख गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Agni Group
NIC Asia

साउदी अरेबियामा हिमालयले तीन उडान गर्ने निर्णय भएपश्चात् एयरलाइन्स उद्योगको विश्वव्यापी टिकट वितरण प्रणाली (ग्लोबल डिस्ट्रि«ब्युसन सिस्टम)मार्फत यात्रीहरुलाई अत्यन्त सहज होस् र एजेन्सी सेवामा समेत प्रतिस्पर्धा होस् भनि अन्तर्राष्ट्यि हवाई उद्योग संघ (आएटा) मा दर्ता भएका कुनै पनि स्थानीय ट्रभल एजेन्सीले टिकट बिक्री गर्न सकिने तथा यात्रीहरुले आफूलाई अनुकूल हुने ट्राभल एजेन्सीसँग टिकट किन्न सकिने बन्दोबस्त गरिएको एयरलाइन्सले जनाएको छ ।

“वर्तमान महामारीमा एकै स्थानमा टिकट बिक्री गर्दा कोभिड सर्ने अत्यन्त जोखिम हुने हुँदा पनि सो प्रणाली्मार्फत टिकट बिक्री गर्नु अनिवार्य थियो । सबै एजेन्सीको पहुँचमा भएको विश्वव्यापी टिकट वितरण प्रणालीमार्फत सबै टिकट बिक्री भएको तथा भाडादरहरु सबै पनि उक्त प्रणालीको माध्यमबाट सबै एजेन्सीको पहुँचमा भएको जानकारी गराउन चाहन्छौँ,” जारी विज्ञप्तिमा जनाइएको छ ।

Global Ime bank

यो प्रणाली सम्पूर्ण रुपमा ट्रान्सपेरेन्ट तथा एजेन्सीहरुको माझमा प्रतिस्पर्धात्मक रहेको र यात्रीले सेवाको गुणस्तर तथा सेवा शुल्कको सवालमा लाभ प्राप्त गर्न सक्ने एयरलाइन्सले जनाएको छ । उक्त उडानहरुले एकतर्फी यात्री बोक्नुपर्ने अर्थात फर्किँदा विमान खाली ल्याउनुपर्ने भएकोले ती उडानमा नियमित उडानभन्दा अनुपातीय हिसाबले बढी भाडा लाग्नु स्वाभाविक रहेको कम्पनीले जनाएको छ ।

सामान्यतया एजेन्सीहरुले अत्यधिक शुल्क लिँदैनन् भन्ने हिमालयको विश्वास रहेको भए पनि कुनै एजेन्सीले कुनै यात्रीसँग अवाञ्छनीय ढंगले अत्यधिक शुल्क लिएको प्रमाण पेस हुन आएमा हिमालयले आवश्यक कारबाहीहीको लागि नियमक निकायमा सिफारिस गर्ने पनि एयरलाइन्सले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  २३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय