site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल क्लियरिङ हाउसको ३८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको नवौँ वार्षिक साधारणसभाले ३८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।

बुधबार सम्पन्न संस्थाको साधारणसभाले कम्पनीको चुक्ता पुँजी २९ करोड आठ लाख रहेकोमा ३८ प्रतिशत बोनस सेयर वितरण गरी ४१ कराड एक लाख पुर्‍याउने निर्णय गरेको हो । साथै, बोनस सेयरको कर प्रयोजनका निम्ति २ प्रशित नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ ।

Agni Group
NIC Asia

कम्पनीले पुँजी वृद्धिमार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने तथा जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने साथै नेसनल पेमेन्ट स्वीचको कार्यान्वयन पनि गर्ने योजना बनाएको जनाएको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा कम्पनीको भुक्तानी कारोबारहरुमा उल्लेख्य रुपमा वृद्धि भएता पनि कम्पनीको खुद नाफा २२.२ प्रतिशले घटेको छ । त्यसैगरी, कम्पनीले कुल पुँजी तथा जगेडा कोषको अनुपातमा २९ प्रतिशत बराबरको नाफा प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले कम रहेको छ । कम्पनीको खुद नाफा घट्नुका कारणहरु भने कम्पनीले सञ्चालन गर्दै आएका धेरैजसो भुक्तानी प्रणालीहरुमा कारोबार शुल्क घटाइएको, २०७६ चैत ११ देखि २०७७ असार मसान्तसम्मको पहिलो लकडाउनको चरणमा कारोबार शुल्क पूर्ण रुपमा मिनाह गरिएको, सरकारीलगायत निकायका भुक्तानीमा शुल्क परिमार्जन गरिएको तथा डिजिटल भुक्तानीको क्षेत्रमा रहेको प्रतिस्पर्धा रहेको संस्थाले जनाएको छ ।

Global Ime bank

कम्पनीले सञ्चालक समितिमा वाणिज्य बैंकहरुलाई प्रतिनिधित्व गर्ने तीन नयाँ सञ्चालकहरुको निर्विरोध चयन पनि गरेको छ । हिमालयन बैंकका जेनेरल म्यानेजर उज्ज्वल राजभण्डारी, ग्लोबल आईएमई बैंकका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा सिद्धार्थ बैंकका आईटी प्रमुख सिर्जन मल्ल चयन भएका छन् ।

नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको कम्पनीको सञ्चालक समितिमा राष्ट्र बैंकका तर्फबाट एकजना, वाणिज्य बैंकका तर्फबाट तीनजना, विकास बैंकका तर्फबाट एकजना र फाइनान्स कम्पनीका तर्फबाट एकजना गरी हाल ६ जना प्रतिनिधि रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu