site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बिचौलियाको डिजाइनमा सरकार नयाँ स्टक एक्सचेन्ज खोल्दै छ : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बिचौलियाको डिजाइनअनुसार सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्ने अनुमति दिन लागेको बताएका छन् । सरकारको यो कदमले देशको अर्थतन्त्र डामाडोल हुने र यसको स्वामित्व पूरै बिचौलियाको हातमा पुग्ने उनले तर्क गरे ।

आफू अर्थमन्त्री भएको बेलामा नै नयाँ स्टक एक्सचेन्ज खोल्न ठूलो दबाब आएको बताए । त्यतिबेला अस्वीकार गरेको स्मरण गर्दै उनले त्यही बिचौलिया समूहले अहिलेको सरकार र अर्थमन्त्रीलाई प्रभावमा पारेर धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेदेखि नयाँ स्टक एक्सचेन्जको अनुमति दिनेसम्मको खेल गरिरहेको उनले दाबी गरे ।

"देशको आर्थिक समृद्धिका लागि हाम्रो सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न छोडेर यो सरकारले आर्थिक विचलन ल्याउन खोजिरहेको छ । स्वार्थ समूहले नै यो सरकार बनाएको भन्ने हाम्रो भनाइ अहिले सरकारले व्यवहारमा नै पुष्टि गरिरहेको छ । अहिले नयाँ स्टक एक्सचेन्ज बिचौलिया समूहको योजनामा खुलाउन प्रक्रिया थाल्नु गलत छ । यो नीतिगत भ्रष्टाचारकै अर्को नमूना हो । नयाँ स्टक एक्सचेन्ज खोल्नुभन्दा पनि सरकारले नेपाल सरकारको स्वामित्वमा रहेको नेप्सेलाई नै सुदृढ गर्नुपर्छ । निजीलाई दिने सरकारको योजनामा अरबौँको भ्रष्टाचार र चलखेल हुँदैछ," उनले भने ।

गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो । उक्त प्रतिवेदनले नेपालमा दोस्रो धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र दिनु उपयुक्त हुने सुझाव दिएको थियो ।

आफ्नो निर्वाचन क्षेत्र रोल्पा जिल्लाका कार्यक्रमहरूमा व्यस्त रहेका नेता पुनले माओवादी लुङग्री गाउँपालिकाको पहिलो बैठकलाई सम्बोधन गरेका हुन् । पुनले सरकारको यो गलत कदमको माओवादीले सदन र सडकबाट भण्डाफोर र खबरदारी गर्ने चेतावनी दिए ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  २१:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro