site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एउटा पुनर्बिमा कम्पनीको लाइसेन्सका लागि ५ वटा कम्पनीको प्रतिस्पर्धा 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । बिमा समितिले एउटा पुनर्बिमा कम्पनीका लागि लाइसेन्स दिनेभन्दै माग गरेको आशयपत्रमा ५ वटा कम्पनीको आवेदन परेको छ । बिमा समितिले लाइसेन्स दिने सूचना प्रकाशित गर्दै हाल सञ्चालनमा रहेको नेपाल पुनर्बिमा कम्पनीसँग क्रस होल्डिङ नहुने गरि पुनर्बिमा कम्पनीको लाइसेन्सको लागि वैशाख १६ गते प्रस्ताव आह्वान गरेको थियो ।

समितिले पुनर्बिमा बजारलाई प्रतिस्पर्धी बनाउन थप एक पुनर्बिमा कम्पनीको आवश्यकता भएकाले २१ दिनभित्र इच्छुक व्यक्ति तथा संस्थाले समितिमा सूचना पेश गर्नसक्ने जनाएको थियो । समितिले आह्वान गरेको प्रस्तावअनुसार पेश गर्न आज १२ बजेसम्मको समयसीमा थियो । उक्त समयमा ५ वटा कम्पनीले प्रस्ताव पेश गरेको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडलले बताए ।

प्रुडेन्सियल रि–इन्स्योरेन्स, काठमाडौं रि–इन्स्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स, जेन्युन रि–इन्स्योरेन्स र हिमालयन रि–इन्स्योरेन्स कम्पनीले समितिमा प्रस्ताव पेश गरेको समितिका कार्यकारी निर्देशक पौडेलले बताए ।

Agni Group
NIC Asia

स्रोतका अनुसार प्रुडेन्सियल रि–इन्स्योरेन्स राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक विनोद आत्रेयको संयोजनमा अगाडि बढेको छ । यसमा सुरुमा दुई व्यावसायिक घरना आईएमई ग्रुप र विशाल ग्रुपसहित गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष जीवा लामिछानेसहितको समूहले अगाडि बढाएको थियो । तर, नेपाल पुनर्बिमा कम्पनीमा पनि लगानी भएकाले विशाल ग्रुप भने यसबाट बाहिरिने अवस्था आएको छ । यसमा ठूला व्यवसायिक घरना जोडिएका छन् । एनआएनका पूर्व अध्यक्ष शेष घले पनि जोडिएका छन् ।

अन्नपूर्ण रि–इन्स्योरेन्सको संयोजन नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले गरिरहेको छन् । यसमा पनि व्यावसायिक घरानाहरु र गैरआवसीय नेपाली संघ एनआएनको पूर्व अध्यक्ष उपेन्द्र महतोलगायत समूह छ ।

Global Ime bank

नेपाल पुनर्बिमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं, महालक्ष्मी लाइफ इन्स्योरन्सका सीईओ रमेश कुमार भट्टराई, बिमा समितिका पूर्व अध्यक्ष तथा नेपाल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहलगायतको अग्रसरतामा  काठमाडौं रि–इन्स्योरेन्स दर्ता भएको छ । यो समूहमा बिमा क्षेत्रमा पूर्ण रुपमा प्रोफससनलहरु रहेको देखिन्छ ।

यस्तै बिमा समितिका पूर्व अध्यक्ष फत्तबहादुर केसी र समितिका पूर्व कार्यकारी निर्देशक श्रीमान कार्की रहेको जेन्युन रि–इन्स्योरेन्स पनि दर्ता भएको छ । यसमा ठूलो बैंकिङ क्षेत्र र बैंकर्सको लगानी रहेको स्रोतले जनाएको छ ।

पछिल्लो केही दिनयता चर्चामा आएको र बिमा समितिमा दर्ता भएको पौचौं कम्पनी हो हिमालयन रि–इन्स्योरेन्स । यसमा हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहेको सुशील भट्टका दाजु  दीपक भट्टलगायतको समूहको लगानी रहेको स्रोत बताउँछ । व्यावसायिक घराना शंकर ग्रुपका सुलभ अग्रवालले उक्त कम्पनीको संयोजन गरेको स्रोतको दाबी छ ।

प्रस्तावित हिमालय रि–इन्स्योरेन्स कम्पनीले मंगलबार लाइसेन्स माग गर्दै निवेदन दर्ता गराएको बीमा समितिले जनाएको छ । समिति स्रोतका अनुसार हिमालय रि–इन्स्योरेन्समा नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान अध्यक्ष रहेका गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग वाणिज्य महासंघकाका पूर्वअध्यक्ष मुरारका ग्रुपका पशुपती मुरारका, नेपाल उद्योग वाणिज्य महासंघकाका पूर्वअध्यक्ष भवानी राणा, नेपाल परिसंघका वर्तमान अध्यक्ष लक्की ग्रुपका सतीश मोर, शंकर ग्रुपका शाहील अग्रवाल र सुलभ अग्रवाल, के. एल. दुगड् ग्रुपका विकास दुगड्, एम. भि. दुगड् ग्रुपका विवेक दुगड्, लक्की ग्रुपका रोहित गुप्ता  तथा अरु बिभिन्न व्यवसायिक घरानाका व्यक्तित्वहरु  रहेका छन् । 

पाँचवटै कम्पनीमा विभिन्न क्षेत्रका ‘हस्ती’हरुको लगानी रहेको र राजनीतिक रुपमा पनि पहुँच राख्ने भएकाले कुन कम्पनीलाई लाइसेन्स दिनेभन्ने विषय टुङ्ग्याउन बिमा समितिलाई कठिन पर्ने देखिन्छ । कुन कम्पनीले लाइसेन्स पाउने भन्ने विषयमा अहिलेदेखि नै राजनीतिक दाउपेच देखिएको यस क्षेत्रका विज्ञहरु बताउँछन् ।

राजनीतिक दाउपेचले गर्दा आवश्यकताभन्दा बढी हुनेगरी एकभन्दा बढी कम्पनीले लाइसेन्स पाउने हो की भन्ने अंशका विज्ञहरुको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय