site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झुक्क्याएर घुमफिर, यसकारण सडकमा सवारी चाप !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । निषेधाज्ञाबीच काठमाडौं उपत्यकामा फेरि सवारी चाप बढ्न थालेको छ । पछिल्लो समय राजधानीका सडकमा सवारी चाप बढेको देखिएको हो ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको आज १९औँ दिन भएको छ । ६५ भन्दा बढी स्थानमा चेक प्वाइन्ट राखेर सवारी चेकजाँच भइरहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

निषेधाज्ञा पालना गराउनको लागि नेपाल प्रहरीको टोली खटिएको छ  । तर, पनि सडकमा सवारीको चाप देखिन्छ । निषेधाज्ञा उल्लंघन गरी कारबाहीमा पर्ने सवारी र चालकको संख्या पछिल्ला केही दिनयता बढेको महाशाखाले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

ट्राफिक प्रहरीका अनुसार गएको सोमबार दिनभर दुई हजार १६० वटा सवारी–साधन नियन्त्रणमा लिइएको थियो । जसमा ६६८ वटा चारपांग्रे र एक हजार ४९२ दुईपांग्रे सवारी–साधन थिए । आइतबार एक हजार ५०१ सवारी–साधन नियन्त्रणमा लिइएको थियो । महाशाखाले शनिबार एक हजार ७४० वटा सवारी–साधनलाई नियन्त्रणमा लिएको थियो ।

काठमाडौं महानगरपालिकामा आइतबारदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्र लगाउन थालिएको छ । त्यसले गर्दा पनि सडकमा सवारी र मानिसको भिडभाड भएको हुन सक्ने ट्राफिकको अनुमान छ ।

Royal Enfield Island Ad

मंगलबार दिउँसो १ बजेसम्म ट्राफिक प्रहरीले ३५ सय सवारी–साधनलाई ‘होल्ड’ गराएको थियो ।

झुक्क्याएर घुमफिर
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराई आफूहरुले सक्रिय भएर सडकमा सवारी–साधन चेकजाँच गरिरहेको बताउँछन् । कतिपय अवस्थामा मानिस अत्यावश्यक कामले निस्किएको हो वा होइन भन्ने छुट्ट्याउन गाह्रो पर्ने गरेको उनको भनाइ छ ।

‘‘कोरोना संक्रमण भएर जाँच गर्न हिँडेको, बिरामी भएर अन्य उपचार गर्न हिँडेको, संक्रमितको मृत्यु भएर अन्तिम संस्कार गर्न हिँडेको भन्नेहरु धेरै छन् । त्यसैले पनि ट्राफिक प्रहरीलाई सकस परिरहेको छ,” उनले भने ।

अनावश्यक हिँड्डुल गर्नेलाई कारबाहीको दायरामा ल्याइएको उनले बताए । ‘‘पछिल्लो समय हामीले आवश्यक काममा भन्दा पनि अनावश्यक काममा हिँड्नेहरु धेरै भेट्टाएका छौँ,” एसएसपी भट्टराईले भने, ‘‘राजधानीमा जनसंख्याको चाप बढी भएकाले सडकमा केही मात्रामा सवारी चाप देखिएको छ । त्यसैले अहिले सवारी–साधन नै नियन्त्रणमा लिने गरेका छौँ ।”

‘निषेधाज्ञामा कडाइ गरेका छौँ’
स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई नेपाल प्रहरीले नियन्त्रणमा लिने गरेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बताउँछन् । ‘‘काठमाडौं उपत्यकामा संक्रमण दर देशकै आधाभन्दा बढी छ । यस्तो अवस्थामा प्रहरीले उपत्यकाको संक्रमण घटाउन निषेधाज्ञामा कडाइ गर्दै आएको छ,” उनले भने, ‘‘माथिल्लो निकायको निर्देशनबमोजिम हामीले निषेधाज्ञामा कडाइ गरेका छौँ ।”

यसकारण सवारी चाप !
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली काठमाडौं उपत्यकामा संक्रमण दर बढिरहेकाले स्वास्थ्य मापदण्ड र निषेधाज्ञाको अनिवार्य पालना गर्नुपर्ने बताउँछन् । अहिले विभिन्न अत्यावश्यक क्रियाकलापले सडकमा सवारी चाप देखिएको उनको भनाइ छ ।

‘‘बैंकिङ क्षेत्र, शव व्यवस्थापन, अस्पतालका चिकित्सक, बिरामीलगायत मानिस बढ्दै जाँदा सडकमा पछिल्लो समय सवारी चाप देखिएको छ । कतिपय मानिस बेलैमा गाउँ गइसकेका छन् । त्यसबाहेक राजधानीमा रहेका मानिसहरुको हकमा भिडभाड देखिन थालेको छ,” प्रजिअ पराजुलीले भने, ‘‘कडाइ गर्न प्रहरीलाई भन्दै पनि आएका छौँ । हामी आफैँ सडकमा अनुगमनमा गइ निषेधाज्ञा पालना गर्न आग्रह गरिरहेका छौँ । अहिले नै निषेधाज्ञा सकिएको छैन । निषेधाज्ञा सकिन अझै नौ दिन बाँकी नै छ । संक्रमणको दर हेरेर निषेधाज्ञा लम्ब्याउन सकिने वा नसकिने निर्णय पछि हुन्छ । १३ गतेसम्मलाई निषेधाज्ञामा कडाइ गर्न भनेका छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  ०७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro