site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतले तत्काल कोरोनाको खोप निर्यात नगर्ने 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

नयाँ दिल्ली । भारतले कम्तीमा पनि आगामी अक्टोबरसम्म कोभिड–१९ को खोप निर्यात गर्न नसक्ने देखिएको सरकारी श्रोतले जनाएको छ । स्वदेशी माग पूरा गर्नका लागि हाल खोपको वितरण देशमै केन्द्रित गराउनुपर्ने भएपछि यसअघि बताइएको भन्दा लामो समयसम्म निर्यात रोकिने भएको छ । यसले विशेषगरी विश्व स्वास्थ्य संगठन, डब्लूएचओको ग्लोबल खोप अभियान, ‘कोभ्याक्स’ को आपूर्तिलाई नराम्ररी प्रभाव पार्ने देखिएको छ ।  

कोरोना संक्रमणको सङ्ख्या विश्वकै सबैभन्दा उच्च बिन्दुमा पुगेपछि भारतले एक महिना अगाडिदेखि खोप देश बाहिर दान गर्ने काम बन्द गरेको हो । यसले हालसम्म ६ करोड ६० लाख बढी डोजहरु निर्यात गरिसकेको छ । यो निर्णयले नेपाल सहित विशेषगरी छिमेकी मुलुक श्रीलंका, बांग्लादेश र अफ्रिकी राष्ट्रहरुलाई वैकल्पिक आपूर्तिको खोजी गर्न बाध्य बनाउने बताइएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यस्तै यता कोभ्याक्सको नेतृत्व गरिरहेको गाभी र डब्लूएचओले सोमबार मात्र भारत बाहेकका खोप निर्माताहरुलाई उत्पादन बढाउन र कोभ्याक्स कार्यक्रममा आपूर्ति गर्न पहल गरेका हुन् ।  

संचार एजेन्सी रोयटर्ससँग कुरा गरेका सरकारी श्रोतका अनुसार भारतको खोप अभियान अब केबल देश भित्र मात्र केन्द्रित रहनेछ । खोप प्रदान गर्नैपर्ने बाध्यता नभएको हुँदा आफूहरुले कुनैपनि राष्ट्रलाई यसबारेमा आधिकारिक जानकारी दिन आवश्यक नठानेको उनले बताएका हुन् । उनले थप भनेका हुन्, “हामीले यसबारे आन्तरिक रुपमा छलफल गरेका हौँ र अहिले भारतको अवस्था हेरेर केही देशहरुलाई खोपको अपेक्षा नगर्न भनिएको छ । ” यसमा कुन देश सम्बन्धी उल्लेख गरिएको भनेर उनले नाम चाहिँ दिएनन् । 

Royal Enfield Island Ad

यसरी भारतमा दोस्रो लहर केही नियन्त्रणमा आइसकेपछि र स्वास्थ्य प्रणालीको भार कम हुँदै गएमा मात्र खोप निर्यातको काम अघि बढाउन सकिने बताइएको छ । भारतको बाह्य मन्त्रालयले यस विषयमा हाल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।  
‘सेरम इन्सटिच्युट अफ इन्डिया’ का प्रवक्ताका अनुसार अहिले सबै उत्पादन भारतमा मात्र केन्द्रित गराइनेछ । यसअघि उनीहरुले आगामी जुनदेखि देशबाहिर खोप पठाउन सुरु गर्न सक्ने बताएका थिए । 

यस्तोमा कोभ्याक्सले भारतबाट यस महिनाको अन्त्यसम्म प्राप्त गर्ने भनेको १४ करोड खोपको डोज अब भारतमै राखेर त्यहीँ प्रयोग गरिने गाभीकी प्रवक्ताले बताइन् । कोभ्याक्सले भारतको सेरम इन्सटिच्युटसँग एस्ट्राजेनेका या नोभाभ्याक्स खोपको १.१ अर्ब डोज डेलिभर गर्ने सम्झौता गरेको छ । 

यता युनिसेफका प्रमुखले सोमबार जीसेभेनका सदस्य राष्ट्रहरुलाई भारतीय खोप निर्यातमा रोक पश्चात् सिर्जना भएको अभावलाई सम्बोधन गर्न आपत्कालीन उपाय स्वरुप खोप दान गर्न अपील गरेका हुन् । रोयटर्स 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  ०४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro