site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्य मन्त्रालयले भन्यो– विवाह, ब्रतबन्ध, उद्घाटन, भेला नै कोरोना संक्रमण फैलिनुको मुख्य कारण
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विवाह, ब्रतबन्ध, उद्घाटन, भेलालगायत सार्वजनिक कार्यक्रमले गर्दा कोरोना संक्रमण नियन्त्रण हुन नसकेको जनाएको छ । संक्रमण नियन्त्रणका लागि समाजमा भइरहेका यस्ता कार्यक्रम घटाउन र संक्रमितहरु  समुदायमा सकेसम्म हिँडडुल नगर्न मन्त्रालयले आग्रह गरेको छ । 

“निषेधज्ञाको अझैपनि बुझी–नबुझी लुकिछिपि वा खुल्मखुल्ला उल्लंघन भइरहेको छ । अध्ययनहरुले अझै पनि जनस्वास्थ्यका मापदण्डहरुको राम्ररी पालना नभइरहेको र निषेधाज्ञाको समयमा पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्रै कमी भइरहेको पाइएको छ,” स्वास्थ्य मन्त्रालयको विज्ञप्ति जारी गर्दै भनेको छ, “महामारीको संक्रमणको रोकथाम नियन्त्रण मात्रै सबैभन्दा प्रभावकारी हुने भएकोले वैशाख ६ गतेको नेपाल सरकार (मन्त्रिपरिषद)को आदेश अनुसार जिम्मेवार निकायहरुबाट तोकिए अनुसार भूमिकाहरु बढाउनपर्ने भएको छ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

मन्त्रालयले संक्रमणको अवस्था अझै केही हप्ता चुनौतीपूर्ण हुने बताएको छ । निषेधाज्ञाका बाबजुद संक्रमण जति घट्नुपर्ने हो, त्यति नघटेको भन्दै अब केही हप्ता संयमित हुन सबैलाई मन्त्रालयले अनुरोध गरेको छ ।

“हाल विश्वको अनुभवलाई हेर्ने हो भने उपचार केन्द्रित भएर लागेका देशहरुभन्दा रोकथाममा लागेका देशहरुले मात्रै सफलता पाएका छन् । त्यसैले कोभिड–१९ को संक्रमण फैलिन नदिनु धेरै बुद्धिमानी देखिन्छ,” मन्त्रालयले भनेको छ, “जसका लागि व्यक्ति, नागरिक समाज, संघ संस्था, गैरसरकारी क्षेत्र सबै सरकारसंग हातेमालो गरि अघि बढनु आवश्यक छ । यो महामारीमा भाइरस विरुद्धको युद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक्लैको युद्ध होइन ।”

Royal Enfield Island Ad

संक्रमण रोकथामका लागि अन्य मन्त्रालयहरु, प्रदेश र स्थानीय तह सबै सरकारी निकायहरुको पनि उतिकै महत्वपूर्ण भूमिका रहने स्वास्थ्य मन्त्रालयको भनाइ छ । “सीमित श्रोत साधनका बावजुद सेतो पोशाकमा सुसज्जित भगवान रुपी डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरु दिनरात बिरामीहरुको सेवामा लागि रहनु भएको छ,” विज्ञप्तिमा उल्लेख छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  ०६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro