site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश २ मा अक्सिजन अभाव : सरकारी अस्पतालका बिरामी बढी जोखिममा
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । प्रदेश २ मा अक्सिजन अभाव भएको छ । कोरोना संक्रमण समुदाय स्तरमै फैलिरहेका बेला अक्सिजनको अभाव भएको हो । मागअनुसारको उद्योगले अक्सिजन उत्पादन गर्न नसक्दा आपूर्तिमा समस्या भएको व्यवसायीहरूको भनाइ छ । 

प्रदेश २ स्वास्थय निर्देशनालयका निर्देशक डा. प्रमोद यादवले भने प्रदेशमा मा अक्सिजन अभाव रहेको बताए । “तीन दिनदेखि प्रदेश २ को अस्पतालहरूमा अक्सिजन अभाव देखिएको छ,” उनले भने, “अक्सिजन उद्योगबाट नै कम मात्रामा अक्सिजन आइरहेको छ । आएकोलाई व्यवस्थापन गर्न नसक्दासमेत अभाव देखिएको छ ।” 

अक्सिजन व्यवस्थापनको जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

 प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद कुमार यादवले अक्सिजन अभावले अस्पतालका बिरामी जोखिममा रहेको बताए । एक सातादेखि अस्पतालमा माग अनुसारको अक्सिजन नआएको गुनासो गर्दै सरकारी अस्पतालका लागि आएको अक्सिजन निजीमा जाने गरेको उनको दाबी छ । यादवकाअनुसार प्रादेशिक अस्पतालमा दैनिक २ सय अक्सिजनको सिलिन्डर आवश्यक पर्छ । तर, अहिले जसोतसो एक सय सिलिन्डरको आपूर्ति भइरहेको छ । 

प्रादेशिक अस्पतालमा ६० जना संक्रमितको उपचार भइरहेको छ । डा. यादवकाअनुसार १४ जना बिरामीको अवस्था गम्भीर रहेको छ । उनीहरू अक्सिजनकै भरमा बाँचिरहेको उनले बताए । दैनिक दश ओटा अक्सिजन सिलिन्डर खपत भइरहेको उनको भनाइ छ । अस्पतालमा ६ ओटा भेन्टिलेटर सञ्चालनमा रहेकोमा दुई ओटामा बिरामीको उपचार भइरहेको उनले बताए । 

Global Ime bank

निजी अस्पतालबाट बिरामीको अवस्था गम्भीर भएपछि मात्रै सरकारीमा रेफर गर्ने गलत प्रवृत्ति रहेको उनको दाबी छ । “निजी अस्पतालहरूले बिरामीलाई अचानक सरकारी अस्पतालमा रेफर गर्दिन्छ । त्यो प्रवृत्रि गलत हो । बिरामी समयमा पठाउनुपर्छ कि त पहिले अस्पताललाई जानकारी गराउनु पर्छ,” उनले भने ।

अक्सिजन आपूर्ति एवम् व्यवस्थापन समितिका सदस्य तथा धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले अक्सिजन अभाव देखिएपनि सबै ठाउँमा आपूर्ति भइरहेको दाबी गरे । अक्सिजन ढुवानी गर्ने सवारी सम्बन्धित अस्पतालले नपठाउँदा ढिलो भएको हुनसक्ने उनको जिकिर छ । “निजी र सरकारी भनेर काखापखा भएको छैन्,” उनले भने, “व्यवस्थापन राम्रो भइरहेको छ । अक्सिजन अभाव हुन नदिन सरोकारवालासँग छलफल भइरहेको छ ।”

अक्सिजन एकद्वारबाट वितरण 
मुख्यमन्त्री लालबाबु राउतसहितको टोलीले धनुषाका अक्सिजन उद्योग र कोभिड अस्पतालहरूको स्थलगत निरीक्षण गरेको छ । आइतबार आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, नेपाल प्रहरीका डीआईजी धिरज प्रताप सिंह र धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला सहितको टोलीले स्थलगत निरीक्षण गरेको हो । 

ढल्केवरस्थित ढल्केवर ग्यास उद्योग (अक्सिजन प्लान्ट) निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले उद्योगका सञ्चालकलाई अक्सिजनको वितरण एकद्वारा प्रणालीमार्फत मात्र गर्न आग्रह गरे । अक्सिजनको वितरणमा आजैबाट एकद्वार प्रणाली लागु गरिएको छ । 

त्यसैगरी मुख्यमन्त्री राउतसहितको टोलीले जनकपुरधामको बेलामा निर्माणाधीन अक्सिजन प्लान्टको समेत अवलोकन गरेको छ । मुख्यमन्त्री राउतले अविलम्ब प्लान्ट सञ्चालन गरी संक्रमितहरूको ज्यानको रक्षा गर्न उद्योगका संचालकलाई आग्रह गरे । बेलास्थित निर्माणाधीन उद्योगको २४ घण्टामा ६ सय सिलिन्डिर रिफिल गर्न सक्ने क्षमताको रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC