site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विवाह भोज खाएपछि संक्रमण, एकैघरका तीनजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीनजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाह भोज खाएकाहरू नै संक्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाह भोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकैघरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ । अधिकांश मानिस डराएका छन् ।

Global Ime bank

गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ । जिल्ला प्रशासनले भने जेठ १५ गतेसम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC