site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोभिड–१९ विरुद्ध लड्न योगेशको सरकारलाई चारबुँदे ध्यानाकर्षण 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले कोभिड–१९ का विषयमा सरकालाई चारबुँदे ध्यानाकर्षण गराएका छन् ।

उनले बिहीबार फेसबुकमार्फत हरेक दिन बिरामीहरुको अकाल मृत्यु र उनीहरुका परिवारको चित्कारका समाचारले सरकार लाचार बनिरहेको टिप्पणी पनि गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विगतदेखिकै सरकारहरुले सार्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर पर्याप्त काम नगरेका कारण आज यो ‘विस्फोट’को अवस्था आएकोे उनको ठम्याइ छ ।

“बिरामीका लागि न्यूनतम अक्सिजन र बेड दिन नसक्नुले हामी सबै लज्जित छौँ । यस्तो संवेदनसील अवस्थामा भइरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्यसंयन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढदै गएर व्यवस्था नै धरापमा पर्न सक्ने सम्भावनाप्रति सबै सचेत हुनुपर्दछ,” उनले भनेका छन् ।

Global Ime bank

उनले स्वास्थ्य सामग्रीका लागि चीन र भारतसँग सहयोग माग्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कोभिडविरुद्धको लडाईंमा फेरि एकपटक राष्ट्रिय सहमतिका साथ ठोस योजनामा सबैले काम गर्नुपर्ने बताएका छन् । राष्ट्रको मिसन कोभिड–१९ लाई बनाउनुपर्ने उनको भनाइ छ ।

कोभिडविरुद्धको लडाईंमा खटेको जनशक्तिबाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुविधा हाललाई स्थगित राख्नुपर्ने उनको सुझाव छ ।

यस्तो ६ उनको ध्यानाकर्षण 
१. अहिले तुलनात्मक रुपमा चिनमा कोभिडको असर कम भएको देखिन्छ । तसर्थ अघिल्लो समयमा इटली लगायतका युरोपेली मुलुकमा चीनले स्वास्थ्य सामाग्री र जनशक्ति सहित जसरी सहयोग गरेको थियो त्यसरी नै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चीन सरकारलाई अनुरोध गर्नुपर्दछ । र भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्दछ ।  
२. २०७२ को महा भुकम्प पछी जसरी राजनीतिक बिमतीहरुलाई थाती रखेर सरकार र राजनीतिक नेत्रित्वले सहमतिमा काम ग¥यो, एमाले, माओवादी र नेकाका बिचमा १६  बुंदे सहमति गरी संबिधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो त्यसरी नै कोभिड बिरुद्धको लडाईंमा फेरी एक पटक राष्ट्रिय सहमतिकासाथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ। राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्दछ ।  
३. सम्पूर्ण जनशक्तिलाई कोभिड बिरुद्धको लडाईंमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने ।  
४. आर्थिक अभाव हुन नदिने । अन्य शिर्सकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने । कोभिड बिरुद्धको लडाईंमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुबिधा हाललाई स्थगित राख्ने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC